डाईबेटिजका बिरामीले खानामा ध्यान दिनुपर्ने कुराहरु के हुन् त ?

  २०७५ कार्तिक २८ गते १४:४३     विकासन्युज

काठमाडौं। डाईबेटिज अर्थात मधुमेहलाई सामान्य भाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको  मात्रा बढि भएपछि हुने रोग नै डाईबेटिज हो ।

डाईबेटिज भएको खण्डमा खानामा बिशेष ध्यान दिनुपर्ने हुन्छ तर तपाईं डाईबेटिज रोगबाट पीडित हुनुहुन्छ भन्दैमा तपाईंले सबै खानेकुरा त्याग्नुपर्छ भन्ने छैन, तपाईं अझै पनि धेरै प्रकारको खानाहरु खान सक्नुहुन्छ। आफुलाई कुन डाईबेटिज भएको छ त्यसलाई ध्यानमा राखेर तपाईंले आफ्नो खानाको चार्ट के खाने र नखाने भनेर बनाउनुभयो भने त्यसले अझै धेरै सहयोग गर्नसक्छ। हरेक बिरामीहरुको स्वास्थ्यमा खानेकुराले महत्वोपूर्ण भूमिका खेलिरहेको हुन्छ। तपाईंले के खानुहुन्छ त्यसले तपाईको स्वास्थ्य निर्धारणा गर्छ त्यसैले  डाईबेटिजका बिरामीहरुले पनि यसबाट बच्न खानामा बिशेष ध्यान दिनपर्छ। खानालाई मात्रै सन्तुलनमा राख्न सक्यो भने तपाईंको आधा रोग निको हुन जान्छ।

डाईबेटिजको बिरामीले स्वस्थ खानाको पालन गर्नको लागी पहिले कसरी विभिन्न खाद्य पदार्थहरुले  रगतमा भएको सुगरलाई प्रभावित गर्दछ भन्ने बुझनुपर्छ। रोटी, पास्ता, दूध, मिठाईमा बढी मात्रामा कार्बोहाइड्रेट,पाईन्छ जुन अरु खानाहरु भन्दा रगतमा चाँडो ग्लुकोजमा परिणत हुन्छन्, जसले रक्तचापको मात्रा बढाउँछ, सम्भवतः हाइपरर्गीमिया हुने सम्भावना बढाउँछ। प्रोटीन र फ्याटले ब्लडसुगरलाई सीधा प्रभाव पार्दैन तर पनि यि दुवैलाई ठिक्क मात्रामा प्रयोग गरे क्यालोरी र शरीरको वजनलाई सन्तुलन राख्न सकिन्छ।

न्यास्नल ईन्स्टिच्युट अफ डाईबेटिज एन डाईजेस्टिभ एन किड्नी डिजिज  (एनआईडीडीके) को अनुसार, तपाईंको आहारामा तपाईंलाई कति प्रतिशत कार्बोहाइड्रेटको आवश्यक पर्छ भन्ने गणना गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो आहाराको २०-३० प्रतिसत कार्बोहाइड्रेट प्रयोग गर्नुभयो भने पनि त्यो तपाईंको लागि पर्याप्त हुनेछ।

यदि तपाइँ  शाकाहारी हुनुहुन्छ वा शाकाहारी आहारा पालन गर्दै हुनुहुन्छ भने, पर्याप्त मात्रामा प्रोटीनको सही सन्तुलन हुन गार्हो हुनसक्छ, तर तपाईं यसलाई ठीक गर्न  बीन्स, बदाम र तोफु जस्ता खानाहरू खान सक्नुहुन्छ। बदाम खादाँ अली ध्यान पुर्याउनु होला किनभने ति  खानेकुराहरुमा फ्याट र क्यालोरी उच्च रुपमा हुन्छन्।

यसबाहेक, प्रशोधन गरिएको वा प्याकेज गरिएका खानाहरू  डाईबेटिजका बिरामीले सीमित गर्नुपर्दछ किनभने यसरी तयार भएका खानाहरुमा थप सुगर र कार्बोहाइड्रेटहरू थपिन्छन्। यी खानाहारुमा सोडियमको मात्रा उच्च हुन्छ र यसैले तपाईंको रक्तचाप बढ्न सक्छ र हृदयघात वा स्ट्रोकको जोखिम निम्ताउन सक्छ।  डाईबेटिजको बिरामीले रक्तचापलाई ध्यानमा राख्न एकदमै जरुरी छ।

उपयुक्त खानेकुरा

– सिस्नु पनि यो रोगका लागि लाभदायक हुन्छ । बेला बेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने, वा तरकारीको रुपमा प्रयोग गर्नाले पनि डाईबेटिज नियन्त्रण गर्न सकिन्छ ।
– कालो चिया दिनमा २/३ कम खाँदा राम्रो हुन्छ । चियामा फाइटोकेमिकल्स पाइन्छ । यसले पनि शरीरबाट  डाईबेटिजको मात्रा कम गर्न सघाउ पुर्‍याउँछ ।
– स्याउले पनि  डाईबेटिजलाई नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ।
– मेथीलाई खानामा फुराएर खाने
– अण्डा
– टोफु
– बदाम, ओखर
– छाला निकालिएको कुखुराको मासु
– गेडागुडी
– माछा त्यसमा पनि कम फ्याट भएका माछा

अनप्युक्त खानेकुरा

–  डाईबेटिजका बिरामीले गुलियो, कोक, फ्यान्टा लगायतका सोडा, जुस, घ्यु, चिल्लो, तारेको खानेकुरा, फे्रन्च फ्राईज, बर्गर, पिज्जा लगायतका आधुनिक खानेकुरा सकेसम्म नखाँदा राम्रो हुन्छ ।
– खान हुन्छ भन्दैमा बुझ्दै नबुझी मेथीलाई रातभर भिजाएर सिधै खानु एकदम गलत हो । यसमा निश्चित केमिकल्स हुने हुदाँ सिधै मेथीको सेवनले किड्नी तथा लिभरलाई असर गर्ने सम्भावना हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.