मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो, निक्षेप बढेर ६६ अर्ब ११ करोड पुग्यो

  २०७५ कार्तिक २८ गते १४:२५     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको नाफा ३९४ प्रतिशतले वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ ।

अघिल्लो वर्षकाे सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ ।

बैंकले तीन महिनामा निक्षेप बढाएर ६६ अर्ब ११ करोड रुपैँया पुर्याएको छ । अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोड रुपैयाँ अर्थात ६६ प्रतिशत वृद्धि भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ ।

मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडबीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो । मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.