म्याग्दीमा विपद् व्यवस्थापन केन्द्र स्थापना, जैविक प्रकोपलाई व्यवस्थित गर्ने

  २०७५ कार्तिक २८ गते १३:३९     विकासन्युज

म्याग्दी । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्र स्थापना भएको छ । प्राकृति तथा जैविक प्रकोपलाई व्यवस्थापन गरि सहज बनाउन म्याग्दीले विपद् केन्द्रको स्थापना गरिएको छ।

पहिरो, बाढी, आगलागी, कटान, दुर्घटनाको अवस्थामा सूचना सङ्कलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्न केन्द्रबाट सहज हुने प्रजिअ लीलाधर अधिकारीले बताएका छन्। केन्द्रमा सूचना प्रविधिका सामग्री उपलब्ध छ ।

प्रजिअ अधिकारीका अनुसार केन्द्रमा जनपद र सशस्त्र प्रहरी तथा प्रशासनबाट चौबिसै घण्टा एक/एक जना जनशक्ति खटिएका छन् । पहाडी भूगोल रहेको म्याग्दी पहिरो र नदी कटानका हिसाबले जोखिमयुक्त रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.