कुमारी बैंकको नाफा १९३ प्रतिशतले वृद्धि

  २०७५ कार्तिक २८ गते ८:४४     विकासन्युज

काठमाडौं । कुमारी बैंकको नाफा १९३.३४ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३५ करोड २९ लाख नाफा आर्जन गरेको हो । यो नाफा बैंकले गत आर्थिक बर्षको सोही अवधीमा आर्जन गरेको भन्दा २३ करोड २६ लाख अर्थात १९३.३४ प्रतिशतले बढि हो ।
गत आवको पहिलो त्रैमासिकमा कुमारीको नाफा जम्मा १२ करोड ३ लाख मात्रै थियो । बैंकले तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेर पाँच अर्ब कर्जा प्रवाह वृद्धि गरेको छ । बैंकले असार मसान्तमा ६९ अर्ब निक्षेप संकलन गरेको थियो भने असोज मसान्तमा ७२ अर्ब पुर्याएको छ ।
त्यस्तै कर्जा भने ६१ अर्बबाट वृद्धि गरेर ६७ अर्ब पुर्याएको छ ।

७ अर्ब १६ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ९५ करोड रुपैंयाँ रहेको छ । ३.३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको खराब कर्जा १.१४ प्रतिशत मात्रै छ । बैंकको आधार ब्याजदर ११.०९ प्रतिशत रहँदा प्रति सेयर आम्दानी १९ रुपैंयाँ ७१ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.