नेपाल बैंकको नाफा अर्ब नजिक, निक्षेप घट्यो

  २०७५ कार्तिक २८ गते ७:४७     विकासन्युज

काठमाडौं । नेपाल बैंकले तीन महिनामै ९७ करोड ९१ लाख नाफा कमाएको छ । बैंकले चालु आवको पहिलो त्रैमासिक अवधीमा सो मात्रामा नाफा आर्जन गरेको हो । यद्यपी गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा पनि बैंकको नाफा ९७ करोड ७१ लख थियो ।

नेपाल बैंकको निक्षेप भने पछिल्लो तीन महिनामा ६ अर्बले घटेको छ । गत आवको असार मसान्तमा ९९ अर्ब निक्षेप संकलन गरेको बैंकले असोज मसान्त अवधीमा भने जम्मा ९३ अर्ब मात्रै निक्षेप संकलन गर्न सफल भएको छ ।

कर्जा प्रवाह भने असार मसान्तको तुलनामा १ अर्बले वृद्धि गरेको छ । असार मसान्त अवधीमा ७८ अर्ब कर्जा गरेको बैंकले असोज मसान्तमा ७९ अर्ब पुर्याएको हो । ९ अर्ब ८० करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा १९ अर्ब ६० करोड रुपैंयाँ रहेको छ ।

नेपाल बैंकको खराब कर्जा २.७८ प्रतिशत छ भने आधार ब्याजदर ७.५२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने ३९.९२ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.