महालक्ष्मी विकास बैंकद्धारा निबन्ध प्रतियोगिताका तीन उम्मेद्धारले पाए पुरस्कार

  २०७५ कार्तिक २७ गते १७:११     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको विराटनगर शाखा कार्यालयले ६३औँ प्रहरी दिवसको अवसरमा प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्धारा आयोजित निबन्ध प्रतियोगिताका सर्वोत्कृष्ट तीन उम्मेद्वारहरुलाई पुरस्कार वितरण गरेको छ ।

वर्तमान परिस्थितिमा देशमा विभिन्न यौनजन्य अपराध बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यस किसिमको जघन्य अपराधको सम्भावित रोकथामका उपायहरु उर्जागर गर्ने उद्देश्यले बैंकको विराटनगर शाखाले प्रदेश नं १ प्रहरी कार्यालयद्वारा आयोजना गरिएको “यौनजन्य हिंसा: कारण, रोकथाम र नागरिकको भूमिका” विषयक निबन्ध प्रतियोगितामा सो प्रदेश अन्तर्गतका १४ जिल्लाका समग्र विद्यालयका नौ, दश, एघार, र बाह्र कक्षामा अध्ययनरत विद्यार्थीहरुबाट उत्कृष्ट ३ जनालाई पुरस्कार वितरण गरेको थियो ।

बैंकले सहभागी विद्यार्थीहरुबाट निकै नै चेतनामूलक, प्रभावकारी उपायहरुको वर्णन गर्न सफल सर्वोत्कृष्ट तीन विद्यार्थीहरु- मोनिका कार्की, विपना बराइली र समीक्षा अधिकारीलाई क्रमशः प्रथम पुरस्कार २० हजार रुपैयाँ, द्वितीय पुरस्कार १५ हजार रुपैयाँ र तृतीय पुरस्कार १० हजार रुपैयाँले पुरस्कृत गरेको थियो । उक्त पुरस्कार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विजेताहरुलाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.