देव गुरुङले बाँडे पूर्वाधार विकासको ४ करोड

  २०७५ कार्तिक २७ गते १०:२३     विकासन्युज

काठमाडौं । नेपाल कम्प्युनिष्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गरेका छन् । उनले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गरका हुन् ।

गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा रु २ करोड ६३ लाख, खेलमैदान निर्माणमा रु २९ लाख, भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी र विद्यालय कम्पाउण्ड, आमा समूह भवन निर्माणमा रु एक करोड चार लाख तथा स्थानीय प्रशासनिक खर्चमा रु चार लाख विनियोजन गरिएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।

सांसद गुरुङको संयोजकत्वमा बसेको परामर्श समितिको बैठकको सुझावका आधारमा निर्देशक समितिको बैठकले बजेट बाँडफाँट गरेको हो । जिल्ला समन्वय समितिमा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपाकिलाकाका प्रमुखको सहभागिता रहेको थियो ।

सोही सुझावलाई आधार मान्दै बसेको निर्देशक समितिले बजेट बाँडफाँटको टुङ्गो लगाएको हो । निर्देशक समितिमा निर्वाचित सांसद संयोजक र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्रावधान छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.