वोमी माइक्रोफाइनान्सको दुई दिने योजना तर्जुमा गोष्ठी सम्पन्न

  २०७५ कार्तिक २६ गते १८:०१     विकासन्युज

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले दुई दिने ‘समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठी’ कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । ४० वटा शाखा कार्यालयहरुका शाखा प्रमुख तथा व्यवस्थापन तहका कर्मचारीहरु सम्मिलित उक्त कार्यक्रम कार्तिक १८ गते देखि १९ गतेसम्म चितवनको नारायणगढ स्थित होटल तिरुपतीमा सम्पन्न भएको हाे ।

उक्त गोष्ठी कार्यक्रममा चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि सम्मको उपलब्धिको समिक्षा तथा आगामी अवधिमा बजेट तथा रणनीतिक योजना सम्बन्धमा शाखागत रुपमा प्रस्तुतिकरण सहित छलफल गरिएको थियो । गोष्ठी कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लगायत अन्य सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापन समुहका अन्य अधिकृत कर्मचारीहरुको समेत उपस्थिति थियो ।

समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठी कार्यक्रम सञ्चालक समितिकी अध्यक्ष बिन्दीया प्रधानले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.