नेपालमा पहिलो पटक एयर बस ए२२० अनावरण, अन्य विमानभन्दा २० प्रतिशत इन्धन बचत गर्ने

  २०७५ कार्तिक २६ गते १७:४३     विकासन्युज

काठमाडौं । एयर बस फेमलीको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२०-ले विश्व भ्रमणको दौरान नेपालमा पहिलो पटक भ्रमण गरेको छ । सानो एकल-आएल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०-३०० एयरबाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा २५ र २६ कार्तिक प्रदर्शित गरिएको हो ।

१४५ जना यात्रुहरुलाई बोक्ने क्षमता राख्ने यो एयरक्राफ्ट चीन, नेपाल, टर्की अनि थाइल्यान्ड गरि ४ वटा देशको डेमो भ्रमणमा रहेको छ । यो एयरक्राफ्टले असाधारण प्रदर्शन गर्नुका साथै आराम अनि लाभदायक पनि छ । यस बाहेक उचाईमा रहेका काठमाडौं जस्ता हवाई अड्डा आदिका लागि पनि यो उपयुक्त छ ।

१००-१५० सिट क्षमताको बजारका लागि निर्मित एक मात्र विमान ए२२० ले अजय इन्धन क्षमता अनि राम्रो आराम प्रदान गर्दछ । यो विमानले स्टेट अफ द आर्ट एरोडायनामिक, एड्भान्स्ड मटेरियल्स अनि प्राट एण्ड वाइट्नीको नयाँ जेनेरेशनको पीडब्लु१५००जी भएको इन्जिनका साथ यो विमानले साधारण विमान भन्दा २० प्रतिशत इन्धनको बचत गराउने छ ।

यो विमानको अहिलेबाटै ४०० भन्दा धेरै अर्डर भईसकेको छ । ए२२० विमानले बजारमा १००-१५० सिट क्षमताका अन्य एयरक्राफ्टको तुलनामा चाँडै राम्रो बजार गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.