लालबाबु राउत र शेरधनबीच भएकाे विभेद, वामपन्थी सरकारकाे प्रतिगामी दिशा

  २०७५ कार्तिक २६ गते १३:२३     रेवती सापकाेटा

लालबाबु राउतले अमेरिका भ्रमणमा जान औपचारिक रुपमा मागेको प्रस्तावलाई अस्वीकार गर्ने मेरो देशको सरकारले शेरधन राईलाई मौखिक रुपमा जान अनुमति दिएछ ।

पुरानो मितिमा शेरधनलाई अमेरिका भ्रमणमा जान अनुमति दिइएको नयाँ निर्णय माइन्युट हुदैछ । एक बरिष्ठ मन्त्रीका अनुसार आइतवार रातीसम्म शेरधनको अमेरिका भ्रमण अनुमति स्वीकृत भएको छैन ।

शेरधन राई प्रदेश-१ र लाल बाबु राउत प्रदेश-२ का मुख्यमन्त्री हुन । शेरधनले कानुनको पालना गर्नु नपर्ने र लालबाबुले पालना गर्नु पर्ने यस्तो कानुन हामीले खोजेको हाेइन ।

हिमाल,पहाड,तराई मधेश जहाँ रहेपनि हामी नेपाली हौ । न हामीलाई हिमाली क्षेत्रमा बिभेद गरेको मन पर्छ न तराई मधेशमा बस्नेलाई बिभेद गरेको मन पर्छ । हामी समान व्यवहार चाहन्छौ ।

हुकुमी शासन अन्त्य गर्न र गणतन्त्र प्राप्तिका लागि संघर्ष गरिएको हो । हामीले खोजेको कानुनी शासन हो, हुकुमी शासन होइन । बामपन्थी सरकारमा बस्नेहरुको दम्भ र घमण्ड बढदै जाँदा मुलुक फेरी प्रतिगमनको दिशामा जाने खतरा रहन्छ त्यसका लागि पछिल्लो उदाहरण ब्राजिललाई पढेपुग्छ ।

ज्ञानेन्द्रको शासनमा पेशाबाट विस्थापित गराउने प्रयास गरिएको मध्ये एक हुनुको नाताले गणतन्त्रलाई धराशाही बनाउने गरी दम्भ र घमण्ड प्रदर्शन नगर्न र कसैलाई पनि बिभेद नगर्न बिनम्र अनुरोध गर्दछु ।

(सापकाेटा पत्रकार हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.