२८ कात्तिकदेखि १६ औं हस्तकला व्यापार मेला, ४५ जिल्लाका २ सय उत्पादन एकैै ठाउँमा

  २०७५ कार्तिक २६ गते १३:२८     विकासन्युज

काठमाडौं । कात्तिक २८ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगीता आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आयोजना गर्ने मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ भने हस्तकला प्रतियोगीतामा देशभरका व्यवसायीहरुको सहभागीता रहनेछ ।

मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिेन हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

मेलामा हस्तकला बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गर्न १४ औं हस्तकला प्रतियोगिता समेत आयोजना गरिएको छ र यस बर्ष मैनको मुर्ति बनाउने र धाकाको कपडा बुनाई विषयलाई समेटिएको छ । नेपालमा हस्तकलाको बजार करिब १० अर्बको रहेको छ भने सोही मात्रामा निर्यात हुने गरेको छ ।

अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भैरहेको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाख व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् ।

मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन् । मेलामा ४५ जिल्लाका २०० वटा भन्दा बढी स्टलहरु सहभागी हुनेछन् । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टलहरु रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.