मुस्ताङमा ४ करोडको आधुनिक होटल, जापानको २८ वर्षे अनुभवले पर्यटक रिझाउँदै लालचन

  २०७५ कार्तिक २६ गते १७:१५     विकासन्युज

काठमाडौं । काठमाडौं । मुंस्ताङको मार्फामा ४ करोड लागतमा आधुनिक होटल खुलेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापीत मुंस्तांङको मार्फामा होटल मार्फा प्यालेस खुलेको हो ।

२८ वर्ष जापान बसेर नेपाल फर्किएका मोहन लालचनले होटल खोलेका हुन् । होस्पीटालिटी म्यानेजमेन्टमा संसारभर छुट्टै पहिचान बनाएको जापानमा २८ वर्ष बसेर फर्किएका लालचनले जापानी प्रबिधिमै होटलको निर्माण गरेका छन् । सम्भवतः मार्फा क्षेत्रकै आधुनिक र उत्कृष्ट सेवा दिने दाबी गरिएको होटल निर्माणमा समेत जापानी प्राविधिकहरु ल्याइएका थिए ।

होटल साढे २ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा करिब १५० जना अट्ने क्षमताको रहेको छ । होटलमा मुस्ताङमै फलेका आलु स्याउ लगायतको अर्गानिक फलफूलको स्वाद लिन पाइन्छ ।

होटल सञ्चालक मोहन लालचन

होटलले निर्माण गरेको जापानिज प्रविधिको काठ घरले होटललाई थप आकर्षक देखाएको छ । यो घर लालचनले जापानबाटै प्राविधिक ल्याएर निर्माण गरेका हुन् । दुर्इतले काठघर पूर्णतय काठबाट बनेको छ । होटलमा २४ कोठा रहेको छ भने एउटा बैठक कोठा पनि रहेको छ ।

मार्फामा पर्यटन विकास गर्नका लागि होटल सञ्चालन गरेको लालचनले बताए । पर्यटनका दृष्टिले मुस्ताङ धेरै सम्भावना भएको जिल्ला हो, विदेशी पर्यटकमात्र होइन, आन्तरिक पर्यटक पनि मुस्ताङ ल्याउन सकिन्छ। तर जति आउनुपर्ने हो, अहिले त्यति पर्यटक आएका छैनन् । धेरै फिल्मको सुटिङ पनि मुस्ताङमा नै हुने गरेको छ। यो ठाउँ धेरै सुन्दर छ, लालचनले भने । प्रकृतिले धेरै कुरा दिएको छ, अब पर्यटन विकासका लागि व्यक्ति आफैले पनि गर्नुपर्छ। पर्यटक आउने वातावरणको सिर्जना हामीले नै गर्ने हो।

लालचनले मार्फाको ५ रोपनी जग्गामा स्याउ खेती गरेका छन् । यो सँगै उनले ओखर खेती पनि गरेका छन् । २८ वर्ष जापान बस्दाका अनुभवलाई मार्फामा उतारिरहेको लालचन बताउँछन् । उनले पोखरा लगायत जापानमा समेत होटल तथा रेस्टुरेन्टमा लगानी गरेका छन् । २८ वर्ष जापान बसेपनि उनले नेपाली नागरिकता त्यागेका छैनन् । आफु नेपालको मायाले मुस्ताङ फर्किएको बताए । नाफा भन्दा पनि पर्यटन विकास विस्तार गर्न मुस्ताङ फर्किएको लालचन बताउँछन् ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य गन्तव्य मुस्ताङ बनिरहेको छ । विशेषगरी यातायात सञ्जालमा सजिलै निजी सवारी लैजान पाउने भएपछि पर्यटकको चाप मुस्ताङमा बढेको हो । अहिले दैनिक सयौंको संख्यामा जिप मोटरसाइकल र हवाईमार्ग हुदैं मुस्ताङ घुम्ने पर्यटकको संख्या बृद्धि भएको छ । तर सुविधा सम्पन्न होटलको अभावमा यात्रुहरुले भने समस्या भोग्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.