ओपोको नयाँ एसेवेन मोबाइल नेपाली बजारमा आउँदै, आजैदेखि बुकिङ गर्न सकिने

  २०७५ कार्तिक २० गते १८:२७     विकासन्युज

काठमाडौं । सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो नयाँ उत्पादन एसेवन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो एसेवन विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो ।

ईच्छुक उपभोक्ताका लागि कम्पनीले नयाँ फोनको प्रिअर्डर खुल्ला गरिएको घोषणा गरेको छ । प्रिअर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ । फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५का दिन कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुने छ ।

प्रिअर्डर अवधिभर ईच्छुक उपभोक्तालो कम्पनीको न्यूरोड स्थित आधिकारिक शोरुममा गई २००० रुपैयाँ अग्रिम भुक्तानी गरी फोन बुक गर्न सक्नेछन् । यसरी प्रिबुकिङ गर्ने उपभोक्ताले फास्र्ट सेल्स ईभेन्टका दौरानयूवा ढुकढुकी तथा नेपालीचलचित्र उद्योगकी सुपर स्टार, नायिक स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेट्ने तथा उनीद्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्त गर्ने अवसर पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.