डिशहोमको रमाईलो टिभीले विभिन्न हाँस्य टेलिश्रृंखलाहरु प्रशारण गर्ने, भाईटिकाको दिनदेखि हेर्न पाइने

  २०७५ कार्तिक २० गते १८:०३     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभीले यही तिहारको अवसर पारेर नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा ल्याउने भएको छ । रमाईलो टिभीले दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्यल भाईटीकाको दिनदेखी “दृष्टी”, “अपराध”, “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य टेलिश्रृंखलाहरु प्रस्तुत गर्ने भएको हो ।

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी” प्रशारण गर्ने भएको छ । टेलिश्रृंखला “दृष्टी”मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटिने छ ।

चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रबार साँझ ८ः ३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध”, तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि मिच हसाँउने छन् । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने छन् ।

त्यसैगरी, निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.