निजी सवारी साधन किन्दा ५० प्रतिशत रकम तिर्नै पर्ने, ७५ प्रतिशत व्यवसाय घट्ने दावी

  २०७५ कार्तिक २० गते १८:०५     विकासन्युज

काठमाडौं । अब निजी सवारी साधनहरुको खरिदकर्ताले शुरुमै ५० प्रतिशत रकम तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका जारी गर्दै सवारी कर्जाको डाउन पेमेन्टलाई ५० प्रतिशतमा झारेको हो ।

केन्द्रिय बैंकले १६ महिनापछि सवारी साधनको कर्जा सिमा घटाएको हो । बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत सवारी साधन कर्जालाई ५० प्रतिशतबाट वृद्धि गरेर ६५ प्रतिशत पुर्याएको थियो ।

१६ महिनापछि केन्द्रिय बैंकले सवारी साधन कर्जाको सिमा १५ प्रतिशतले घटाएको हो । अब निजी सवारी साधन खरिदकर्ताहरुले शुरुमै ५० प्रतिशत रकम तिनुपर्नेछ । त्यसपछि बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत डाउन पेमेन्ट गर्नेछन् ।

केन्द्रिय बैंकको नयाँ निर्देशनले अटोमोबाइल व्यवसाय ७५ प्रतिशतले ओरालो लाग्ने नाडा अटोमोबाइल एसोसियनका अध्यक्ष शम्भु दाहालले बताए । भारतमा शतप्रतिशत डाउन पेमेन्टको व्यवस्था रहेको तर नेपालमा भने ५० प्रतिशतमा झारेर सरकारले अटोमोबाइल व्यवसायीमाथी अन्याय गरेको आरोप लगाए ।

बैंक तथा वित्तीय संस्थाका लागि निजी सवारी साधन सबै भन्दा सुरक्षित कर्जा लगानीको क्षेत्रका रुपमा स्थापीत रहेको तर सरकार भने नकारात्मक रुपमा उभिएको उनको भनाई छ । उनले ६५ प्रतिशत डाउन पेमेन्टको व्यवस्थाका आधारमा अर्डर गरिएका सवारी साधन बेच्न मुस्किल हुने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.