नेपाल क्यान्सर हस्पिटलद्वारा स्तन क्यान्सरसम्बन्धि अभिमुखीकरण गोष्ठी

  २०७५ कार्तिक २० गते १७:५७     विकासन्युज

काठमाडौं। नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरमा कार्तिक १९ गते सोमबारका दिन वुमन चेम्बर अफ कमर्सुका सदस्यहरुलाई अक्टोबरको स्तन क्यान्सर सचेतना महिनाु अन्तर्गत स्तन तथा अन्य महिलाजन्य क्यान्सर रोगहरुको बारेमा अभिमुखीकरण कक्षा दिए। विश्वमै फैलिएको डरलाग्दो क्यान्सर रोगका कारण हजारौं मानिसहरु मृत्युवरण गरिरहेका छन् । हजारौं मानिसले विभिन्न समस्याहरु झेलिरहेका छन् । अझ हाम्रो जस्तो अविकसित मूलुकमा अशिक्षा, गरीबी, कुसंस्कार र यस सम्बन्धी चेतना, औषधि उपचार र अन्य श्रोत साधनका अभावका कारण वर्षेनि हजारौं मानिसले ज्यान गुमाएका छन् भने परिवारका सदस्यहरु झन कष्टदायी जिवन विताउन बाध्य छन्। क्यान्सर रोगको सामना गर्न भौतिक, आर्थिक, सामाजिक, मानसिक र पारिवारिक रुपमा बलियो हुनुपर्ने तथ्यलाई मध्यनजर गर्दा यस रोगको रोकथाममा महिलाको भूमिका अत्यन्त महत्वपुर्ण हुने गर्दछ। अझ आजकालका कामकाजी महिलाहरुले आफ्नो व्यस्त जीवनमा आफ्नो शरीरको नियमित परिक्षण गराउनु जरुरि हुन्छ।

यस सभामा स्तन क्यान्सरको निदान, रोकथाम, र उपचारको जनचेतना अभिबृद्दिका लागि समाजका अगुवा महिलाहरुले खेल्नुपर्ने भूमिकामा प्रकाश पारिएको थियो । कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरका तर्फबाट डा.सुदिप श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। उनले नेपालमा क्यान्सरजस्ता उपचार गर्न ठुलो स्रोतसाधन चाहिने रोगहरुका लागि सरकारले अझ सशक्त रुपमा स्वास्थ्य बिमाको अवधारणा ल्याउनुपर्ने कुरामा जोड दिए। यसै सन्दर्भमा उनले उपचार गर्न विदेशिने नेपालीको मानसिकतामा परिवर्तन ल्याउन नेपालीको क्यान्सर उपचार नेपालमा नै नारा लिई अस्पताल अगाडि बढेको पनि बताए। वुमन चेम्बर अफ कमर्सु का हेल्थ कमिटिु संयोजक तथा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरकी संचालिका श्रीमती स्वरुपा श्रेष्ठले आफ्नो मन्तब्य दिएकी थिईन्। मन्तव्यमा उनले क्यान्सर रोगको जनचेतना अब ग्रामीण क्षेत्रमा पुर्याउनुपर्ने र त्यसका लागि वुमन चेम्बर अफ कमर्सले नेपाल क्यान्सर हस्पिटल, च्याम्बर अफ कमर्स, रोटरी र लायन्स क्लबजस्ता सामाजिक संघसंस्थासंग सहकार्य गरिरहेको बताए।

कार्यक्रमको दोश्रो चरणमा हस्पिटलका सर्जिकल अन्कोलोजी बिभाग प्रमुख डा। कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सरका बारेमा सहभागीहरुलाई प्रस्तुति दिएका थिए। सहभागीहरुको जिज्ञासा मेटाउदै उनले आजकल स्तन क्यान्सर लागिहालेमा पनि पुरै स्तन काटेर फाल्नु नपर्ने तथ्य उजागर गर्नुभयो। साथसाथै यस हस्पिटलमा अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीु पनि सुरु भैसकेकाले धेरै केसहरुमा नया स्तन बनाउने प्रबिधि र सीप नेपालमै उपलब्ध भएको पनि जानकारी दिनुभयो। नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरमा कम्प्रिहेन्सिभ ब्रेस्ट केअर क्लिनिकु उपलब्ध भएकाले स्तन क्यान्सरका जानकार डाक्टर हरुको समुहद्वारा हरेक बिरामी र क्यान्सरको बिशिष्ट उपचार हुने डा. अमात्यले बताए। यसका लगत्तै भेलाका सहभागीहरुले आ(आफ्ना मनमा लागेका क्यान्सर सम्बन्धि प्रश्नहरु सोधेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.