ईएनटी हस्पिटलद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ३२ प्रिन्ट रगत संकलन

  २०७५ कार्तिक २० गते १७:३१     विकासन्युज

काठमाडौं । ईएनटी हस्पिटलले आफ्नै अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो रक्तदान कार्यक्रमको लागी राष्ट्रिय ट्रमा सेन्टरको प्याथेलोजी विभागबाट प्राविधिक सहयोग प्राप्त भएको थियो । सामुदायीक प्रहरी सेवा केन्द्र, बागबजारबाट स्थानिय रुपमा सयोग प्राप्त भएको थियो ।

रक्तदान कार्यक्रममा स्थानिय बासिन्दा तथा हस्पिटलको कर्मचारीहरुले भाग लिएकोमा करिब ३२ प्रिन्ट रगत संकलन भएको छ । रक्तदाताहरुलाई हस्पिटलको अध्यक्ष डा. माधवप्रसाद दाहाल र सामुदायीक प्रहरी सेवा केन्द्र बागबजारको प्रमुख अन्जु श्रेष्ठले कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रमका संयोजक डा. जयन्द्र प्रधानाङगका अनुसार सो कार्यक्रममा संकलित रगत सबै भन्दा आवश्यक पर्ने राष्ट्रिय ट्रमा सेन्टरलाई प्रदान गरिएको छ । त्यहाँबाट आवश्यक परेका व्यक्तीहरुले सजिलै रगत प्राप्त गर्न सक्नेछन् ।

काठमाडौ ईएनटी हस्पिटल १५ सैया भएको कान, नाक र घाँटीको विशेषज्ञ हस्पिटल हो र यसले आफ्नो स्थापनाकाल देखी नै विभिन्न संघ संस्थाहरु सँगमिलेर निशुल्कः स्वास्थ्य शिविरहरु र अन्य सामाजिक कार्यहरु संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.