सिटी एक्सप्रेसको १८.५ प्रतिशत लाभांश पारित

  २०७५ कार्तिक २० गते १४:०६     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको १८.५ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार बसेको संस्थाको नवौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

उक्त सभाले हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समिति चयन गरेको छ । यस संस्थाको कामनपा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यालय प्रयोजनको भवन निर्माण गर्ने प्रस्तावलाई सर्वसहमतीले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.