एकल परिवारको साथी बन्दै कुकुर

  २०७५ कार्तिक २० गते १५:०३     विकासन्युज

काठमाडौं। आज तिहारको दोस्रो दिन अर्थात कुकुर तिहार। यस दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ।

हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ। मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ।

कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरि माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मनपर्ने खानेकुरा खान दिइन्छ ।

पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिनले मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्ध झल्काउँछ।

अहिले कुकुरलाई सुरक्षा भन्दा पनि साथीको रुपमा लिईन्छ। नेपालमा पारिवारिक संरचना पहिलेको भन्दा फरक हुँदै गईरहेको छ। मानिसहरु संयुक्त परिवारबाट एकल परिवारमा परिणत हुँदैछन् र त्यही क्रममा पनि मानिसहरुमा कुकुर पाल्ने प्रचलन बढेको पाईन्छ। पहिले पहिले कुकुरलाई भेडाबाख्रा चराउने र घरकुरुवाको रुपमा प्रयोग गरिन्थियो। तर अहिले भने मानिसहरुले यसलाई सोखको रुपमा पाल्ने गर्छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.