सिभिल लघुवित्तले ७.५ प्रतिशत लाभांश दिने, पुँजी ११ करोड ४१ लाख नाघ्ने

  २०७५ कार्तिक २० गते १२:४६     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले ७.५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

सोमबार बसेको संस्थाको १२२औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड ९७ लाख रुपैयाँ रहेको छ । ४ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.