सिर्जना फाइनान्सले १५ प्रतिशत बोनस र ९.५० प्रतिशत नगद लाभांश दिने

  २०७५ कार्तिक २० गते १२:३०     विकासन्युज

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले सेयरधनीलाई सञ्चित नाफाबाट सेयर पुँजीको १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, संस्थाले ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको १९३औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हालै संस्थाको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात फाइनान्सको चुक्ता पुँजी ४६ करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.