अध्ययनमा समय लाग्दा जग्गाको कित्ताकाट सम्बन्धी कार्यविधि लम्बियो

  २०७५ कार्तिक २० गते ११:५६     विकासन्युज

काठमाडौं । जग्गालाई व्यवस्थीत बनाउने कार्यविधि आउन समय लाग्ने भएको छ । तिहार अगावै कार्यविधि आउने बताइए पनि अध्ययन नसकिएको भन्दै कार्यविधि लम्बिएको हो ।

कित्ताकाट सम्बन्धी कार्यविधि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्याल अध्ययन गरिरहको मन्त्रालय श्रोतले जनाएको छ ।
अर्यालले कार्यविधिको विषयमा विभिन्न विज्ञ तथा जानकारहरुसँग परामर्श गरिरहेकोले निर्णयमा समय लागेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए ।

कार्यविधिलाई थप प्रभावकारी बनाउने मन्त्रालयले तयारी गरेको छ । जोशीका अनुसार मन्त्रालयले कार्यविधिलाई नियमावली नै बनाएर कानुनी रुप दिन लागेको हो । यसका लागि मन्त्रालयले कार्यविधिलाई मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषदबाट पारित कार्यविधिले कानूनी रुप लिनेछ ।

मन्त्रालयले जग्गा कारोबारलाई व्यवस्थित बनाउन उक्त गृहकार्य सुरु गरेको हो । कित्ताकाट व्यवस्थित गर्ने कार्यविधिको मर्म खेतीयोग्य जमिन बचाउने रहेको प्रवक्ता जोशीले बताए ।

जग्गाको कित्ताकाट नखुल्दा जग्गा व्यवसायीहरु भने समस्यामा परेका छन् । सरकारले २०७४ साउन २६ गते खेतीयोग्य जमिन कित्ताकाट गर्न रोक लगाएको थियो । यसअघि सर्वोच्च अदालतले २०७४ भदौ ४ गते संविधानको धारा २५ सम्पत्तिको हक व्यवस्थापनमा प्रतिकूल असर पुगेको भन्दै जग्गा प्लानिङ नरोक्न सरकारलाई आदेश दिएको थियो ।

मन्त्रालय टुक्रिनु भन्दा पहिले कृषि मन्त्री चक्रपाणी खनालले जग्गा कारोबारमा अनियमितता भएको भन्दै उनले कित्ताकाट खोल्ने तयारी गरेका थिए । तर मन्त्रालय टुक्रिएपछि खनालले सो प्रयासले पूर्णता पाउन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.