एनआईसी एशिया रेमिटले ल्यायो थप सुविधा, २ पटक पैसा पठाउँदा १ पटक सित्तैमा

  २०७५ कार्तिक २० गते ११:४९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया रेमिटले तिहार छठको अवसरमा थप सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक पैसा पठाउँदा १ पटक सित्तैमा पठाउन पाइने छ ।

एनआईसी एशिया बैंकले चाडपर्वको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरुलाई नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोबार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । उक्त विप्रेषण रकम यस बैंकका जुनसुकै शाखाहरुबाट सजिलै रुपमा भुक्तानी पाउन सकिने छ ।

यस सुविधा कात्र्तिक र मंसिर महिना सम्मको लागि लागू हुने छ । यो सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहकहरुले झन्झट रहित तरीकाबाट बैंक मार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै यस योजना २०७५ साल कार्तिक १८ गते देखि २०७५ साल मंसिर २९ गते सम्म लागू हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.