निक्षेपकर्ताले ११ प्रतिशत ब्याज खाने दिन सकिए, अब सेयर बजार बढ्छ- अर्थमन्त्री खतिवडा

  २०७५ कार्तिक २० गते १२:०१     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले निक्षेपकर्ताले ११ प्रतिशत ब्याज खाने दिन सकिनै लागेकाे बताएका छन् । पछिल्लाे समय देखिएकाे तरलताकाे समस्या माैसमी भएकाे र यस्ताे अभाव अब छिट्टै हट्ने उनले बताए ।

नेप्सेले मंगलबारदेखि शुरू अनलाइन सेयर काराेबार सम्बन्धि सफ्टवेयरकाे शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले अार्थिक वृद्धि ६/८ प्रतिशत हुँदा पनि सेयर बजार नबढेकाेमा असन्तुष्टि जनाए । ‘अर्थतन्त्र राम्राे छ । गत वर्ष ६ प्रतिशतकाे अार्थिक वृद्धि थियाे । यस वर्ष ८ प्रतिशतले वृद्धि हुँदैछ, सेयर बजार किन माथि गएन, म लगानीकर्ताहरूलार्इ साेध्न चाहान्छु’ उनले भने ।

उनी अर्थमन्त्री भएपछि सेयर बजार निरन्तर अाेरालाे लागेकाे थियाे । सेयर बजारलार्इ अनुत्पादक क्षेत्र भनि टिप्पणी गरेपछि पुँजीबजारमा चरम अालाेचित भएका अर्थमन्त्री खतिवडाले पहिलाे पटक  सार्वजनिक मञ्चमा उभिएर सेयर बजार वृद्धिकाे पक्षमा वकालत गरेका हुन् ।

पुँजी बजार अाफ्नै  नियममा चल्ने र यसलार्इ तलमाथि गर्न कसैले पनि हस्तक्षेप गर्न नहुने उनकाे पुराना तर्क थिए ।

उनले पुँजीगत कर लाभ बारे विवाद टुङ्गिएकाे बताए ।

अर्थमन्त्री खतिवडाले म्यूचल फण्डहरूकाे भूमिकाकाे अालाेचना गरेका छन् । म्यूचल फण्डहरूले पुँजीबजारमा सेयर काराेबारीकाे भूमिका मात्र निभाएकाे उनकाे भनार्इ थियाे । ‘पुँजीबजार सेयर बजारमा सीमित छ, पुँजी बजार जस्ताे छैन । म्युचल फण्डहरू पनि सेयर ट्रेडिङमा सीमित देखिए’ उनले भने।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकलार्इ सेयर ब्राेकर लाइसेन्स दिने तयारी अन्तिम चरणमा पुगेकाे बताए । बैंकलार्इ ब्राेकर लाइसेन्स दिएपछि रियल टाइम सेटलमेन्ट हुने र अनलाइन सेयर काराेबार प्रभावकारी हुने बताए ।

उनले नेपाल स्टक एक्सचेञ्जमा भएकाे सेयर बिक्री गर्ने तयारी भइरहेकेाे जानकारी दिए । नेप्सेमा रहेकाे राष्ट बैंककाे सेयर बेच्न उपयुक्त लगानीकर्ता खाेजेकाे उनले बताए ।

धिताेपत्र बाेर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पुँजी बजारमा रियल सेक्टर ल्याउने प्रयास भइरहेकाे, छिट्टै मार्जिन ट्रेडिङ शुरू गर्ने तयारी भएकाे बताए ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागार्इँले  अनलाइनबाट सेयर खरिद बिक्री गर्न सकिने प्रणालीकाे विकास पुँजी बजारकाे लागि महत्वपूर्ण भएकाे बताए । बीमा कम्पनीकाे सञ्चालक समितिले गरेकाे निर्णयहरू परिपक्व नभएकाे भन्दै बीमा कम्पनीकाे लाभांश प्रस्ताव बीमा समितिले स्वीकृत गरेपछि मात्र त्यसलार्इ अाधिकारिक मानेर लगानीकाे निर्णय गर्न लगानीकर्तालार्इ अाग्रह गरे ।

कार्यक्रमलार्इ सम्बाेधन गर्दै नेपाल स्टक ब्राेकर एशाेसिएशनमा अध्यक्ष भरत रानाभाटले अनलाइन काराेबारमा बैंकलार्इ सहभागी नगर्ने हाे भने अनलाइन काराेबार प्रभावकारी नबन्ने बताए । अनलाइन काराेबार भए पनि अहिलेकाे अवस्थामा सेयर बजार गाउँगाउँमा पुग्न नसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.