गरिमा विकास बैंकको नाफा १६८ प्रतिशतले बढ्यो

  २०७५ कार्तिक २० गते ९:१५     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको नाफा १६८ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा नाफामा उक्त मात्रामा बढोत्तरी भएको हो । बैंकले उक्त अवधिमा कुल ९ करोड १८ लाखरुप्ौं नाफा कमाएको थियो । अघिल्लो आवको सोही समयमा यो आकार ३ करोड ४२ लाख रुपैंया मात्र थियो ।

नाफासँगै बैंकले निक्षेप र कर्जाको आकारमा समेत सन्तुलित वृद्धि कायम गरेको छ । त्रैमासको अन्त्यसम्ममा बैंकको निक्षेप २२ अर्ब ८८ करोड रुपैंया पुगेको थियो यो अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ७ अर्ब ४९ करोड बढी हो । त्यस्तै बैंकले उक्त समयमा कुल २० अर्ब ८१ करोड रुपैंया कर्जा प्रवाह गर्दा यसको आकार अघिल्लो आवको सोही समयको तुलनामा ६ अर्ब ७० करोड रुपैंयाले बढाएको छ ।

बैंकले निष्क्रिय कर्जा अनुपातमा समेत सुधार गरी १.०२ प्रतिशतबाट घटाएर ०.८४ प्रतिशत कायम गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १३.१८ रुपैंया, प्रतिशेयर नेटवर्थ ११६.६७ रुपैंया, मुल्य आम्दानी अनुपात १३.६६ रुपैंया, लगानी कोषको लागत ८.२२ प्रतिशत र आधार ब्याजदर ११.८८ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.