सिटिजन्स बैंकको नाफा ३४ करोड, रिजर्भको आकार दोब्बरभन्दा बढी

  २०७५ कार्तिक २० गते ८:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा बैंकले नियामकीय समायोजनपछिको नाफा (फ्रि प्रोफिट) ३४ करोड ३५ लाख कायम गर्दा बैंकको प्रतिशेयर आम्दानी २१.२६ रुपैंया पुगेको छ ।

पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ६३ अर्ब ३८ करोड निक्षेप संकलन गर्दा ५९ अर्ब ८८ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहको यो आकार गत आवको सोही समयको भन्दा क्रमशः २० प्रतिशत र २२ प्रतिशतले बढी हो । बैंकले आफ्नो रिजर्भमा अघिल्लो आर्थिक वर्षको सोही समयको भन्दा दोब्बर बढीले वृद्धि गरी ३ अर्ब ३२ करोड रुपैंया पुर्याएको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात १.२३ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १५.६६ प्रतिशत, लगानीयोग्य कोषको लागत ८.७४ प्रतिशत, आधार ब्याजदर ११.४७ प्रतिशत, मुल्य आम्दानी अनुपात ११.६६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४१.१८ रुपैंया र कर्जा निक्षेप अनुपात ७९.६२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.