नेपाल बङ्गलादेश बैंकबाटै सुर्य लाईफको इन्स्योरेन्स सेवा पाइने

  २०७५ कार्तिक १९ गते १७:२८     विकासन्युज

काठमाडौं । अब नेपाल बङ्गलादेश बैंक लिमिटेडबाटै सुर्य लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । सोमबार दुई संस्थाबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट सजिलै जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.