राराको कलात्मक सुन्दरता हेर्नुहोस् तस्बिरमा

  २०७५ कार्तिक १९ गते १६:२९     प्रकाश देवकोटा

मुगु । ‘कर्णाली रारा पर्यटन वर्ष २०७५ प्रधानमन्त्री केपी ओली शर्माले उद्घाटन गरेसँगै रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमा बृद्धि हुँदै गएको छ । अहिले रारामा दैनिक १ सय जिप १० वटा बस, ३ सय मोटरसाइकल र हवाइमार्गबाट समेत रारा अवलोकन गर्ने पर्यटकको संख्या बढिरहेको छ । नेपालकै सबैभन्दा ठूलो ताल यस्तो देखियो तस्बिरमा

बिहानीपख देखिने रारा तालको दृश्यः निलो आकाश कन्चन तालको पानी र हरीयो घना वन ।

 

समयसगैं रङ फेर्दै स्वर्गकी अप्सरा रारा । रारा तालको विशेषता के छ भने यसको रङ छिनछिनमा परिर्वतन हुने गर्छ ।

रारा राष्ट्रिय निकुन्ज नजिकै घोडा चढेर रमाउँदै बाल घोडा चालकः रारा ताल नजिकै व्यावसायीक प्रयोजनका लागी त्यहाका स्थानीयले घोडा राखेका हुन्छन् ।

मुगुको लेकमा भेडा चराउँदै भेडी गोठालो ।

रारा ताल माथि देखिने सुन्दर छायाँनाथ हिमालः छायाँनाथ हिमाल कर्णाली बासीको धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको छ । यहाँ वर्षमा धेरै संख्यामा भक्तजनहरू आफ्नो मनोकामना लिएर पुजापाठ गर्न जाने र त्यहां पुजा गरे छायाँनाथले आफ्नो मनोकामना पुरा गरिदिने जनविश्वास रहेको छ ।

सफा मौसममा लोभ लाग्दो राराको दृश्य ।

मुगुको सदरमुकामः गमगढी बजारमा परेको घामको पहिलो झुल्को ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.