नेपाल बैंकले सातै प्रदेशका लागि माग्यो ३०० भन्दा बढी कर्मचारी, कहाँ कति ?

  २०७५ कार्तिक १६ गते ८:१४     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले विभिन्न तह र क्षेत्रका लागि ३ सय भन्दा बढी रिक्त स्थानका लागि कर्मचारी भर्ना सुरु गरेको छ । बैंकले देशका सातै प्रदेशका लागि प्रबन्धक (तह ६), सहायक (तह ४) र  कनिष्ठ सहायम (तह ३) का लागि उक्त संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले सहायक प्रबन्धक छैटौं तहका लागि खुला र समावेशी समेत गरी कुल ८० जना कर्मचारीको माग गरेको छ । जसमध्ये खुला ४२, महिला १२, आदिवासी जनजाति ९, मधेशी ८, दलित ३, अपाङ्ग २, पिछडिएको क्षेत्रबाट १ जना माग गरिएको छ भने प्राविधिकतर्फ सोही पदमा खुला र आदिवासी जनजातितर्फ १/१ जना कर्मचारीको माग गरिएको छ । व्यवस्थापन तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर उर्तीण भएकाले मात्र आवेदन गर्न पाउने उक्त पदको प्राविधिकतर्फ भने स्नातक तहको शिक्षा पूरा गरेको हुनुपर्छ ।

प्रदेशगत विज्ञापनअन्तर्गत बैंकले सहायक पदका लागि कुल १६७ जना र कनिष्ठ सहायक पदका लागि कुल ४९ जना कर्मचारीको माग गरेको छ ।
सहायकतर्फ प्रदेश १ का लागि ४२ जना, प्रदेश २ का लागि ५१ जना, प्रदेश ३ का लागि ५८ जना, गण्डकी प्रदेश का लागि ३४ जना, प्रदेश ५ का लागि ४३ जना, कर्णाली प्रदेशका लागि ९ जना र सुदुरपश्चिम प्रदेशका लागि २० जना कर्मचारीको माग गरिएको छ । उक्त पदमा आवेदन दिन मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक उर्तीण गरेको हुनुपर्छ ।

त्यस्तै, कनिष्ठ सहायकतर्फ प्रदेश १ र प्रदेश २ का लागि ९र९ जना, प्रदेश ३ का लागि १५ जना, गण्डकी प्रदेश र प्रदेश ५ का लागि ५/५ जना र कर्णली र सुदुरपश्चिम प्रदेशका लागि ३÷३ जना कर्मचारीको माग गरिएको छ । उक्त पदमा आवेदन दिन मान्यताप्राप्त संस्थाबाट व्यवस/थापन वा अर्थशास्त्र विषयमा कम्तीमा प्रमाणपत्र तह वा कक्षा १२ उर्तीण गरेको हुनुपर्छ ।

आवेदकले अनलाइनबाटै दरखास्त दिनुपर्ने व्यवस्था गरिएको छ । कनिष्ठ सहायकका लागि प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ भने लिखित र अन्तर्वार्ता भने सबै पदको लागि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.