एलजीको ७५ इन्चको युएचडि टिभी नेपाली बजारमा, मूल्य साढे ९ लाख रुपैयाँ

  २०७५ कार्तिक १४ गते १७:५९     विकासन्युज

काठमाडौं । एलजीले ७५ इन्चको युएचडि टिभी नेपाली बजारमा ल्याएको छ । बजारमा यसको मूल्य ९ लाख ४० हजार ९९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यस टि.भी.मा क्वाड कोर प्रोसेसर, वेभओएस, अपरेटिङ सिस्टम, म्याजिक मोसन रिमोट कन्ट्रोल, फोके यूएचडी डिस्प्ले, फोके एक्टिभ एचडीएर, आईपीएस प्यानेल, थिनक्यिू एएल जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

एएल थिनक्यिू इनेबल्ड टिभीले प्रयोगकर्ताहरुलाई दैनिक कार्यहरु व्यवस्थापन गर्न अनुमति दिन्छ । माइक्रो बटन थिच्न र सूचनाको लागि सोध्न, जस्तै मौसमको पूर्वानुमान, अन्तिम स्पोर्ट् अंकहरु गुगल असिस्टेन्टको मद्दतले आफ्नो आवाजले टिभी.लाई नियन्त्रण गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले तिहार तथा छठ को अवसरमा हालको मूल्यमा भारि छुट र एलजीको एसजे४ स्पिकर उपहार स्वरुप कम्पनीले प्रदान गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.