“लखपति एक्स्प्रेस” योजनाकोे विजेता बासु थापा क्षेत्री, जिते एक लाख रुपैयाँ

  २०७५ कार्तिक १४ गते १३:२९     विकासन्युज

काठमाडौं । सिटी एक्स्प्रेसले “लखपति एक्स्प्रेस” उपहार योजनाको पहिलो महिनाको विजेता घोषणा गरेको छ । हालै गरिएको उपहार घोषणा अन्तर्गत कोरीयाको जीमनी ट्रान्स(सिटी एक्स्प्रेसको सहायक संस्था)बाट पैसा पठाई पहिलो महिनाको १ लाख रुपैयाँको मासिक लक्की ड्रमा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् ।

उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरेका हुन् ।उक्त योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० रुपैयाँको मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी, साप्ताहिक रुपमा तीन जना विजेताहरुले १० हजार रुपैयाँ हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख रुपैयाँ जित्न सक्नेछन् ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १० हजार रुपैयाँ जिति सकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.