सुदेश पराजुलीले जन्मदिनमा पठाए शैक्षिक सामग्री र जाडोका कपडा

  २०७५ कार्तिक १३ गते १७:१४     विकासन्युज

अनेरास्ववियु सचिव सुदेश पराजुलीले पठाएको शैक्षिक सामग्री ग्रहण गर्दै सौगात सुनार

काठमाडौं । अनेरास्ववियुका सचिव सुदेश पराजुलीले आफ्नो जन्मदिनका अवसरमा शैक्षिक सामग्री र जाडोका कपडा बाँडेका छन् ।
पराजुलीले दाङको तुलसिपुरस्थित महेन्द्र उच्च मावीका सौगात सुनारलाई शैक्षिक सामग्री र जाडोका कपडा पठाएका हुन् ।

नेपाल सरकारले सुरु गरेको विद्यार्थी भर्ना महाअभियानका क्रममा पराजुलीले सुनारको अविभावकत्व ग्रहण गरेका थिए । उनले आफ्ना पुराना कमजोरी सुधार गर्ने र सकारात्मक सोँचका साथ जीवन र समाजलाई अघि बढाउने प्रण समेत जन्मदिनमा गरेका छन् ।

पराजुलीले पठाएको शैक्षिक सामाग्री सौगातसम्म पुर्याईदिने जिम्मेवारी भने अनेरास्ववियु दाङका नेताहरु बर्षात भन्डारी, प्रकाश शर्मा ,रबिन ओलि, प्रकाश रावत र युवा संघका नेता हरिकृष्ण ओलिले पुरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.