हानकुक टायर अब नेपाली बजारमा, सवारीसँगै स्पेयर पार्ट व्यापारमा जम्दै लक्ष्मी ग्रुप

  २०७५ कार्तिक १३ गते ११:००     विकासन्युज

काठमाडौँ । काेरियाली उत्पादन हानकुक टायर नेपाली बजारमा अाएकाे छ । लक्ष्मी ग्रुपकाे भगिनी संस्था एलएच सर्भिसेस र स्पेयर पार्टस् (एलएचएस्एस्) ले उक्त टायर नेपालमा ल्याएकाे हाे । एलएच एस् एस् कम्पनी २०१८ मा स्थापित भएको हो ।

हानकुक दक्षिण कोरियाबाट विश्वव्यापी विस्तार भएकाे प्रमुख टायर निर्माण ब्राण्ड हो । उक्त टायर साेमबार लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कम्पनीकाे उच्च पदाधिकारी र हानकुकका प्रतिनिधिहरूले संयुक्त रूपमा अनावरणा गरेका हुन् ।

हानकुक टायरले उच्च इन्धन क्षमता, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिने कम्पनीले जनाएकाे छ । एलएचएस्एस्ले हाल इन्डोनेसिया र कोरियामा आधारित दुई कारखानाबाट हानकुक टायर आयत गरिरहेको छ ।

२०१८ मा हानकुक टायरले लक्ष्मी समूहसँग मिलेर नेपाली बजारमा गुणस्तरीय सेवाप्रदान गर्ने योजना लिएर नेपाली बजारमा आएको जनाएकाे छ ।

कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागि एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडी बढेको छ ।लक्ष्मी समूह एक स्थापित व्यवसायिक कम्पनीहरुको समूह हो । लक्ष्मी ग्रुप अन्तरगतका भगिनी कम्पनीहरूले विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस् तथा सहायक बस्तुहरु आयत गरी बिक्री वितरण गर्दै अाएका छन् । यस ग्रुपले हुण्डाइ माेटरकाे व्यापारमा सफलता चुमेपछि  ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा हात हालेकाे छ ।

पाेखराबाट चकलेट र डेरी उद्याेगबाट उदाएकाे लक्ष्मी ग्रुपले पछिल्लाे दशक व्यापार, सेवा र उद्याेगका क्षेत्रमा लगानी विस्तार गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.