लोकतन्त्रको दुरुपयोगले मुलुकमा छाडापन बढ्यो- माधवकुमार नेपाल

  २०७५ कार्तिक ११ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रको दुरुपयोग गर्दै मुलुकमा छाडापन हाबी भएको बताएका छन् ।

युनिर्भसल पीस फेडेरेसन नेपालले आईतबार राजधानीमा आयोजना गरेको स्थानिय निकायहरु प्रमुख तथा उपप्रमुखको सम्मेलनलाई सम्बोधन गदै यस्तो बताएका हुन् । नेता नेपालले स्थानिय तहमा भष्ट्रचार बढ्दै गएको तर्फ ईकीत गदै यसबाट जोगिन जनप्रतिनिधीहरुलाई आग्रह गरे । उनले जनताको समस्या पहिचान गरि त्यसको समाधानमा आग्रह गदै समाजलाई एकताबद्ध बनाउन सकल्प लिए असम्भब नरहेको बताए ।

नेता नेपालले निकट भविष्यमा नेपालमा एशिया प्यासपिक सम्मेलन हुन लागेको बताउदै सो सम्मेलमा ७० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा पूर्व प्रमुखहरुको सहभागिता रहने त्यसले नेपालको प्रतिष्ठा बढाउने र नेपालले प्राप्त गरेको उपलब्धी बिश्वमा फैलाउन महत्वपूर्ण फोरम भएको उल्लेख गदै त्यसलाई सफल बनाउन जनप्रतिनिधीहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिन यो कार्यक्रम फलदायि हुने बताए । काठमाडाैं महानगरपालिकाका प्रमुख बिध्यासुन्दर शाक्यले शान्ति बिना दिगो बिकास सम्भव नभएको उल्लेख गदै जनप्रतिनिधीहरु र कर्मचारीहरुको बुझाई फरक रहेकाले जनताको चाहाना अनुसार काम हुन नसकेको जानकारी दिए ।

अधिवत्ता गोबिन्द शर्मा बन्दी संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गरे । त्यस्तैगरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे । जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एवं पारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले‘शान्तिका लागि नगर प्रमुखहरूअन्तर्राष्ट्रिय संगठन स्थापना गर्ने विषयमा ऐक्यबद्धता जनाएका थिए । सम्मेलनको आयोजना संयुक्त राष्ट्र संघमा आवद्ध संस्थायुनिर्भसल पीस फेडेरेसन र सांसदहरूको अन्तर्राष्ट्रिय मञ्चले संयुक्त रुपमा गरेका थिए । सम्मेलनमा दुई सयभन्दा बढी स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुको भेला भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.