विश्वकप क्रिकेट ट्रफी पोखरा हुँदै चन्द्रागिरिमा

  २०७५ कार्तिक ११ गते १८:२७     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चार दिने भ्रमणका लागि नेपाल ल्याइ पुर्याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ । विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरिमा प्रदर्शनका लागि लागिएको हो ।

ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल ल्याइ पुर्याएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले बताएका छन् । यसअघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरि काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताए ।

ट्रफी प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.