विप्लब र बैद्यसँग पार्टी एकता गर्दै नेकपा

  २०७५ कार्तिक १० गते १४:२०     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेत्र विक्रम चन्द (विप्लब) र मोहन बैद्यसँग पार्टी एकता गर्ने भएको छ । नेकपाका अध्यक्ष ऋषि कट्टेलले विप्लब र वैद्यसँग पार्टी एकता गर्ने तयारी भैरहेको खुलासा गरेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष ओली र प्रचण्ड विसर्जनवादी भएकाले विप्लब र वैद्यसँग पार्टी एकता गर्ने घोषणा उनले गरेका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष कट्टेलले ओली–प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने खुलासा गरेका हुन् ।

उनले भने,‘ओली–प्रचण्डजीहरु आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरुलाई भोटपनि दिए । तर, ८ महिनामा दुईतिहाई सरकारका कामकारबाही जनताले हेरिसके । अबको विकल्पको रुपमा हामी उभिनेछौं, खासमा कम्युनिष्ट मुलधारमा आउनुपर्छ, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं, हामी एक हुन्छौं ।’

निर्वाचन आयोगले शुक्रबार मात्रै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई आधिकारिक रुपमा नाम दिएको थियो । कट्टेलले आयोगको निर्णय विरुद्ध अदालत जाने निर्णय पनि सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.