सिँचाइमन्त्री वर्षमान पुन सर्बिया प्रस्थान

  २०७५ कार्तिक ८ गते १२:३९     विकासन्युज

काठमाडौं । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बिहीबार बेलग्रेड प्रस्थान गरेका छन् ।

मन्त्री पुन नेतृत्वको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सम्मेलन शुक्रबार र शनिबार दुई दिनसम्म चल्नेछ । मन्त्री पुनसँगै ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव दिनेश घिमिरे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने तथा आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री पुनले त्यहाँका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँग समेत भेटवार्ता गर्नुहुने बताइएको छ ।

सम्मेलनमा युरोप र एशियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागिता रहनेछ । सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावनाबारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.