नेपाली रेलले चीन र भारतबाट सामान आयात निर्यात गर्छ: बलराम मिश्र

  २०७५ कार्तिक ४ गते ९:२०     विकासन्युज

 २०४९ सालमा लोकसेवाको परिक्षा पास भएपछि इन्जिनियर बलारबम मिश्रले सडक विभागमा जागिर खाएँ । २०६२ उपसचिव र २०७४  सहसचिवमा बढुवा पाएका  मिश्रले विभागमा रहँदा  मध्यपहाडी लोकमार्ग लगाएत ठूलो ठूलो आयोजनामा काम गर्ने माैका पाए । उनी  मध्यपहाडी लोकमार्ग अायाेजनाकाे प्रमुख समेत भएर काम गरे । हाल उनी रेल विभागकाे महानिर्देशक छन् । नेपालमा यतिबेला रेल निर्माण सम्बन्ध याेजना र परिकल्पनाबारे धेरै छलफल भइरहेकाे छ । यसै सन्दर्भमा उनीसँग  विकासन्युजका सम्वादाता खेमराज श्रेष्ठले कुराकानी गरेका छन् ।

भारतबाट रेल आउने चीनबाट रेल आउँने भन्ने कुरा चलिरहेको छ । के यो आयोजना पनि मेलम्ची जस्तै त बन्दैन ?

आयोजना सफल हुने नहुने भन्ने विभिन्न कारणहरु रहेका छन् । यसमा सरोकार वाला निकायहरुले कतिको महत्व दिन्छ भन्ने कुरा हो । नेपालले चीन र भारतलाई रेलमार्गले जोड्ने आयोजना हो । यसले नेपालको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पार्नेछ । यो आयोजना समयमै सकिनु पर्छ भन्ने मेरो मान्याता रहेको छ । अहिले विभागमा म आइसकेपछि कसरी थोरै समयमा धेरै काम गर्न सकिन्छ भन्ने कुराको अध्यायन गरिरहेका छौं । भारतबाट आउने रेल निर्माण कार्यमा केहि सहजता रहेको छ । किनभने यहाँ भौगोलिक वातावरणले पनि साथ दिएको छ ।

तर हामीले ठूलो आयोजना भन्दा पनि पूर्व पश्चिम छोटो समयमा चलाउने सकिने आयोजनाको अध्यायन गरिरहेका छौं । यो आयोजना भनेको बुलेट ट्रेन हो । यस्तो आयोजना छोटो समयमा सम्पन्न पनि गर्न सकिन्छ । यस्तो रेल २५० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ । यस आयोजना सम्पन्न भयो भने रेलमार्ग विस्तार गर्न सहयोग पुर्याउछ ।

चीनतर्फ रहेको आयोजना चिनियाँ सरकारले नै सहयोग गर्ने बताएको छ । नेपालको आर्थिक अवस्था कमजोर रहेको छ आफैंले यो आयोजना निर्माण गर्न सक्दैन । किनभने नेपालमा रेलमार्ग विस्तार गर्न धेरै लगानी आवश्यक पर्छ । यसरी हामी अहिले सहयोग गर्ने निकायसँग छलफल गरिरहेका छौं । यदि यो काम सुस्तरमा गर्ने हो भने वषौं लाग्न सक्छ ।
यस अर्थमा हामीसँग रहेको जनशक्तिले धान्न सक्दैन भन्ने होइन । हामीले विदेशी जनशक्ति ल्याउन पनि सक्छौं ।

भौगोलिक अवस्थाले रेलमार्ग निर्माण गर्न तुलनात्मक रुपमा केहि कठिनाई देखिएको हो ?

नेपालको भौगोलिक अवस्था नै अलिक कठिन छ । हामीले यो अवस्था परिवर्तन गर्न सक्दैनौं । सोहि बमोजिमको पूर्वाधार निर्माण गर्ने हो । विश्वका कठिन भौगोलिक अवस्था रहेका स्थानहरुमा पनि ठूला ठूला पूर्वाधारहरु निर्माण भैरहेका छन्, भैसकेका छन् । अहिले सबै प्रविधिको विकास भैसकेको छ । हामीले त्यसलाई प्रयोग मात्र गर्ने हो । यो मात्र फरक पर्छ कि आर्थिक रुपमा धेरै खर्च पर्न सक्छ ।

रेलमार्गबाटै नेपाल तेस्रो मुलुकसँग जोडिने सम्भावना कस्तो रहेको छ ?

अवस्य पनि रेलमार्गले नेपाल भारत चीन बाहेक तेस्रो मुलुकमा पनि यातायात सञ्जाल जोड्छ । हाम्रो रेलमार्ग जोगवनिमा जोडिने बित्तिकै हामी तेस्रो मुलुकमा जोडिन सक्छौं । तर भारतले यसमा अनुमति दिनु पर्नेछ । यसैगरी काठमाडौंदेखि केरुङ रेलमार्ग जोड्न सक्यौं भने हामी पुरै चीन घुम्न सक्छौं । हाम्रो रेलले सिधै चीनबाट सामान उठाएर नेपाल ल्याउन सक्छ । सिधैं भारतबाट सामान बोकेर ल्याउन सक्छ । तर यसमा समस्या के आउन सक्छ भन्दा हाम्रो रेललाई भारतले अनुमति दिन्छ वा दिदैंन । चीनले हालसम्म नेपाली एयरलाइन्सलाई समेत अनुमति दिएको छैन । यसमा पनि नेपाली रेललाई भारत पस्न दिन्छ दिदैंन भन्ने कुरा हो । यदि स्वीकृति दियो भने नेपालले आर्थिक रुपमा ठूलो प्रगति गर्नेछ ।

नेपालले रेलमार्ग निर्माण गर्दा भोग्नु पर्ने समस्याहरु के के हुन सक्छन् ?

नेपालमा रेलमार्ग निर्माण गर्न समस्या नै समस्या रहेको छ । पहिलो नम्बरमै आर्थिक समस्या रहेको छ । त्यसपछि प्राविधिक पाटो आउँला । तर समस्या छ भन्दैमा केहि काम नगरी बस्ने भन्ने कुरा हुदैन । हामीले काम सुरु गरिसकेका छौं। यसमा हामी सफल हुन्छौं, हुनैपर्छ पनि ।

कुनै दिन रेल विभागका कर्मचारीले हाजिर बाहेक केहि काम नै नहुने अवस्था रहेको थियो, अहिले कस्ताे छ  ?

तपार्इले देखिरहनु भएको होला कति व्यस्त छु । हाम्रो विभागको कर्मचारी कति व्यस्त छन् । पहिल्लो समय रेल विभागको व्यस्तता द्रुत गतिले बढेको छ । काम पनि राम्रो गतिमा अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.