तास मिलाएर झेली खेलेका रहेछन्, १७ हजार रूपैयाँ खाइदिए -कालाकार माग्ने बुढा

  २०७५ कार्तिक १ गते १४:३४     विकासन्युज

हास्यकालाकार केदार घिमिरे (माग्ने बुढा)  यस वर्षको दशैँ कसरी मनाउदै छन् ? कलाकारहरूले दशैँ कसरी मनाउ छन् ? अहिलेसम्मको सुखद र दुखद दशैँका बारेमा विकासन्यूजका राजाराम न्यौपानेले केदार घिमिरेले गरेको कुराकानी ।

तपार्इले यो वर्षको दशैँ कसरी मनाउनु हुन्छ ?

विगत २/३ वर्ष जस्तै हो यो वर्षको मेरो दशैँ । २/३ भन्दा अगाडीको दशैँ पक्कै फरक छ । त्यतिखेर गाँउमा सबै आफन्त र साथीभाइहरुसँग भेट हुन्थ्याे,  अहिले काठमाडाैमा नै दशैँ मनाइ रहेको छु ।

तपाइले मनाउनु भएको दशैँ मध्ये संझना आइरने कुन दशैँ हो ?

छोरीलाई पहिलो पटक पेल्न चडाउने भनेर सिमार हुदै घर गएका थियाैं। सिमारबाट लोकल बस चडेर हेटौँडा गयौ र फेरी हेटौँडाबाट हातीसुडे घर बसमा जदै थियौ । म आहिरहेको थाहा भाएर सडकमा नै दशैको कार्यक्रम गरिरहेका रहेछन । उनीहरुले बस फुर्केचैरमा रोकेर केदार घिमेरी माग्ने बुढा आको छरे भनेर पुरै बसमा खोजे । तर म बसको हुटमा थिए । उनीहरुले हुटमा पनि आएर खोजे तर चिनेन् । टेलिभीजनमा सबैले चिनेको र प्रत्यक्ष मलाई चिनेनन् । म मदिसे दाजुभाईहरुसँगै थिए र म पनि कालो थिए, त्यसैले पनि चिनेनन् । कार्यक्रम सञ्चालकहरुले भने यहि बसमा माग्ने बुढा आएको छरे, याद गरे हुन्छ यो बस सधै यहि बाटोमा गुडने हो । महिले बसका चालक र सहचालकलाई पछि असजिलो हुने भएकाले मैले भने ‘म नै हो माग्ने बुढा हो ।’ म यो कार्यक्रममा बसे भने घर जाने बस पाँउदिन भने । उनीहरुले मलाइ बाइकको व्यवस्था गछौँ भने । मेरो परिवारलार्इ घर पठाए र म कार्यक्रममा बसे । त्यो सालको दशैँलाई मैले बिर्सन सकेको छैन ।

तपाइको सबैभन्दा दुखद दशैँ कुन हो ?

मलाई थाहा भए पछि २०५० सालमा सबैभन्दा दुखद दशैँ भयो । त्यति बेला मेरो घर आगो लागि भएको थियो । घरमा भएको सबै समान जल्यो र आफ्नो घरमा दशैँको माहोल नै आएन । त्यस वर्ष सबै कुराको अभाव भयो ।

कति वर्षको हुनु भएको थियो ?

म १८ वर्षको भएको थिए । सबै कुरा राम्रोसँग बुझ्थे । तर आफ्नो मनमा कता कता नरामाइलो भैरहेको थियो । सबै साथीहरुले दशैँ मनाउदै थिए तर मेरो मनमा यस वर्ष हाम्रो दशैँ छैन जस्तो लागेको थियो । हामी कम्जोर भएका छौ भने त्यति बेला लागेको थियो ।

दशैँमा जुवा तास खेल्नु हुन्छ कि हुदैन ?

विगत ५/६ वर्ष पहिले तास खेल्ने गरेको थिए । तर अहिले तास जुवा खेलदिन । यो राम्रो बानी पनि होइन जस्तो लागेर मैले तास खेल्न छोडेको हो । समय र पैँसाको पनि नास हो ।

दशैमा तपाइले तास खेल्दा कति पैँसा हार्नु भएको थियो ?

मैले दशैँमा हार जित हुने गरी तास खेलेको छैन । दशैँभन्दा अरु बेला नै एउता खेलमा १७ हजार हारेको थिए । तासमा मिलाएर १७ हजार पैँसा खाइदिए । तास मिलाएर नै मेरो पैँसा जिते ।

तपाइले तास खेल्दा कति पैँसा जित्नु भएको थियो त ?

सिक्ने क्रममा मैले २३ हजार जितेको थिए । जितेको बेला पनि तास खेलिरहु जस्तो लागेको थिएन ।

दशैँमा मदिरा पिउनु हुन्छ कि हुन्न ?

दशैँ पारिवारिक हुने भएकाले पारिवारमा सरिक भएर हिडनु पर्ने हुन्छ । हाम्रो एउटा जेनेरेसनका ३/४ जना जम्मा भयाैं भने मदिरा पिउने गरेका छौ । म थाेरै पिउँछु। पिउनकाे लागि त्यस्तो कुनै पनि पल छैन ।

दशैँको सपिङग कहाँ गर्ने गर्नु भएको छ ?

मैले अाफ्नो लागि किन्ने भनेको जुत्ता मात्रै हो । त्यो पनि कतै कार्यक्रममा गएका बेला जुत्ताले धोका दियो भने मात्रै हो । मेरा लागि किनमेल श्रीमतीले नै गर्ने हो ।

२/३ वर्ष काठमाडौँमा नै बसेर दशैँमा मनाउनु भएको छ । सहर र गाँउको दशैँ कतिको फरक छ ?

दशैको समयमा हाम्रो फिल्म प्रदर्शनको समय छ । त्यसैले गर्दा पनि घर जान सकिदैन । गाँउमाभन्दा सहरको दशैँ अलि फरक हुन्छ । गाँउमा सबै आफन्तहरुसँग भेट हुन्छ सहरमा त्यस्तो हुदैन । गाँउमा मनहरु नजिक र सहरमा मनहरु टाडाटाडा हुन्छन् ।

कलाकारहरुले कसरी दशैँ मनाउछन् ?

सामान्य परिवारको जस्तै हो कलारकारको पनि दशैँ । गाँउतिर घर हुनेहरु गाँउतिर जान्छन । यतै घर हुनेहरु यतै बसेर मनाउने गरेका छन् ।

दशैँ कसरी मनाउन सुझाव दिनुहुन्छ ?

सबैले आफ्नो क्षमता अनुसार खर्च गरेर दशैँ मनाउनु पर्छ । पिङ्ग खेल्दा विचार गरेर खेल्नु पर्छ नत्र कुनै घटना पनि घटन सक्छ । सकेसम्म दशैँलाई सरल तरिकाले मनाउनु नै सबैका लागि राम्रो हुन्छ । खाने, खेल्ने र हिडने कुरामा ख्याल गर्नुपर्छ ।

तपाई सबैलाई हसाउने मान्छे । मनैदेखि हाँस्नलाई के हुनुपर्छ ?

हाँस्ने मान्छे तनावमा हुनु हुँदैन । सबै तनावबाट मुक्त भएर ‘हाँस्न बसेको हुँ’ भन्ने ‘फिल’ गर्नुपर्छ । कहिलेकाहीँ हामीले गाईजात्रा देखाउँदा कतिपय मान्छे हाँस्दैनन् । उनीहरू ऋण, धन, घरको तनावसहित नै त्यहाँ आउँछन् । खुलेर हाँस्न सक्दैनन् । जो मान्छे तनाव छोड्न सक्छ, उही मात्र हाँस्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.