दशैं राम्रो सेल्फी खिच्नकाे लागि अपनाउनुस् यी पाँच टिप्सहरु

  २०७५ कार्तिक १ गते १८:०५     विकासन्युज

काठमाडौं। नेपालीहरूकाे  महान् चाड दशैं नजिकिँदै आईरहेको छ र चाडपर्वको बेला हामी धेरै फोटोहरु खिच्ने गर्छौ। त्यसमाथि पनि अचेल हामी एकदम धेरै सेल्फी खिच्ने गर्छौ। सेल्फी कसरी राम्रो खिच्ने ? जान्नकाे लागी यी टिप्सहरु अपनाउनु हाेस् ।

१. कुनै पनि फोटो खिच्दा उज्यालो एकदमै महत्वपूर्ण कुरा हो। सेल्फी खिच्दा पनि उज्यालो एकदम महत्वपूर्ण हुन्छ। जहिले पनि सेल्फी खिच्दा उज्यालो कताबाट आईरहेको छ त्यसतर्फबाट सेल्फी खिच्नुहोस्। यदी कोठामा सेल्फी खिच्दै हुनुहुन्छ भने झ्यालतिरबाट फोटो खिच्नुहोस्, झ्याललाई ब्याकग्राउण्ड पारेर फोटो नखिच्नुहोस्।

२. हामी कुनै पनि फोटो खिच्दा खेरी फोटो सम्झनाको लागि खिच्छौं। त्यसैले सेल्फी खिच्दा पनि पछी गएर यादको रुपमा राख्नलाई खिच्छौं त्यसैले सेल्फी खिच्दा पनि आफ्नो क्लोजअप फेस मात्र नभएर पछाडिको ब्याकग्राउण्ड पनि राम्रोसँग निकाल्नुहोस्।।

३. हामी सबैको अनुहार बिभिन्न बनावटको हुन्छ त्यसैले फोटो खिच्दा पनि सबैको एउटै कोणबाट फोटो राम्रो आउँदैन। त्यसैले बिभिन्न कोणबाट फोटो खिच्ने प्रयास गर्नुहोस्।

४. सेल्फी खिच्दा नजिकबाट नखिच्नुहोस। यसले अनुहार ठुलो देखिने र अचम्मको देखिन्छ। सेल्फी खिच्दा क्यामरालाई अलिक टाढा राखेर खिच्नुहोस्, सम्भव छ भने सेल्फी स्टिकको प्रयोग गर्नुहोस।

५. सेल्फी खिच्दा कहिलेकाहीँ आफैले क्यामरा क्लिक गर्नलाई अफ्ठेरो भयो भने हेडफोनको प्रयोग गर्नुहोस्। हामीले प्रयोग गर्ने सबै मोबाईल फोनको क्यामरामा फ्ल्यास हुँदैन त्यसैले रातिको समयमा अरु एलईडी लाईटहरुको प्रयोग गर्नसकिन्छ जुन बजारमा सजिलै २/३ सय रूपैयाँमा किन्न  पाईन्छ। यदी यो नभएको अवस्थामा अर्को मोबाईल फोनको फ्ल्यास लाईट पनि प्रयोग गर्न सकिन्छ।

६. सेल्फी खिचेर सकेसम्म न्याचुलरनै राख्नुहोला, धेरै एडिट नगर्नुहोला। सेल्फी खिच्दा हरेक कोणबाट खिच्नुहोला तर सकेसम्म जहाँसम्म फोटो न्याचुलर देखिन्छ त्यती नै राम्रो देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.