महंगो भाडा असुल्ने ५०० सय सवारी कारवाहीमा, मोटरसाइकल दर्ता लम्बियो,

  २०७५ कार्तिक १ गते १२:३०     विकासन्युज

काठमाडौं । बन्द भएको मोटरसाइकल दर्ता दशैं अघि नखुल्ने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको दस्तावेज मन्त्रिपरिषदबाट पारित हुन नसकेपछि दर्ता अन्योल बन्दै गएको हो ।

मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको दस्तावेजमा निर्णय हुन नसकेपछि दशैं अघि दर्ता प्रक्रिया अघि बढ्न नसकेको हो । दस्तावेजमा पुरानै बाग्मती अञ्चल अनुसार ९९ लट पछि १०० लट बनाउने उल्लेख भएको विभागका प्रवक्ता गोकर्ण उपाध्ययले बताए । उनले भने हामीले मन्त्रिपरिषदमा समयमै कार्यविधि बनाएर पेस गरेपनि त्यसमा मन्त्रिपरिषले निर्णय लिन सकेन यसैले दशैंअघि दर्ता शुरु हुने प्रक्रियाको सम्भावना सकिएको छ ।

विभागले प्रदेश अनुसार मोटरसाइकल दर्ता प्रक्रियालाई लैजानु पर्ने भएपनि परानै मोडेलमा लैजाने तयारी गरेको हो । प्रवक्ता उपाध्यायका अनुसार यदि विभागले नयाँ कार्यविधि बनाउनु पर्ने भएमा पनि मन्त्रिपरिषदले निर्णय गर्नुपर्नेछ ।

नेपालमा सबैभन्दा लोकप्रिय बन्दै गएको सवारी मोटरसाइकलको संख्या २५ लाख नाघिसकेको छ । यसमध्ये बाग्मतिमा ९ हजार ९ सय ९९ वटा मोटरसाइकल पुगिसेको छ । विभागले प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता गर्ने गरको छ । विभागलाई प्राप्त कानूनि अधिकार अनुसार ९९ सय लट मात्र पाइने भएकाले दर्ता प्रक्रियामा कानूनी समस्या परेको हो ।

बढी भाडा लिने ५०० सवारी कार्वाहीमा 

विभागले दशैंको समयमा हुने यातायात क्षेत्रकको अनियमितता रोक्न ४ वटा अनुगमन टोली खटाएको थियो । टोलीले हालसम्म ५ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरिसकेको छ । उपाध्यायका अनुसार सबैभन्दा बढी अनियमितता गर्ने माइक्रो र साना सवारी रहेको छ । यस्ता सवारीलाई जरिवाना गर्ने र बढी लिइएको भाडा फिर्ता गर्ने गरिएको छ ।

यसैगरी विभागले असोज ३१ गतेदेखि पुन रुट परमिट बन्द गर्ने भएको छ । दशैंलाई लक्षित गरेर सञ्चालन गरिएको रुट परमिट ३१ गतेबाट बन्द हुने प्रवक्ता उपाध्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.