पुजा र शतिसबीच सम्बन्ध विच्छेद, सम्पत्ति विवादमा मेल मिलाप

  २०७५ असोज ३१ गते ९:०५     विकासन्युज

काठमाडौं । विवाह भएको १८ वर्षपछि पुजा दाहाल र शतिस न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ । १२ वर्षिय दुई छोराका आमाबुबा समेत रहेका पुजा र सतिशबीच सम्बन्ध विच्छेद गत भदौ २१ गते जिल्ला अदालत काठमाडौंमा भएको हो ।

अदालतमा भएको सहमति पछि पुजाले आफ्नो अंशदाबी सबै छाडी छोराहरुको लालनपालन, शिक्षा दिक्षा सहितको सम्पूर्ण जिम्मेवारी स्वयंले लिएकी छिन् । उनी २०७४ फाल्गुन देखि दुबै छोरालाई लिएर माईतीमा बस्दै आएकी छिन् ।

सच्याइएको
मिति २०७५ श्रवण २१ गते ‘बुहारी भगाएर गुरु न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँगै आधा सम्पत्ति मागिन् पुजाले’ भन्ने बिषयमा प्रकाशित समाचारमा  पुजाले श्रीमान शतिससँग सम्पत्ति माग दावी गर्दै अदालतमा मुद्दा हालेको हुनु पर्नेमा भुलवस ससुरा गुरुप्रसाद न्यौपानेको आधा सम्पत्ति दाबी गरेको भन्ने हुन गएकोमा सच्याइएको छ ।

उक्त समाचार कसैको व्यक्तिगत जीवन र चरित्र माथि आँच पुर्याउन उदेश्यले प्रकाशित गरिएकाे हाेइन । कुनै खराव नियत, अाग्रह वा पूर्वाग्रहमा उक्त समाचार लेखिएकाे पनि हाेइन । समाचारमा उल्लेखित व्यक्तिहरूलार्इ गाली गलाैज गर्ने वा सार्वजनिक जीवनमा दख्खल गर्ने हाम्राे कुनै उद्देश्य वा मनासय छैन ।

भुलवस भएका केही त्रुटीका करण उक्त समाचारले पुजा दाहाल र सम्बन्धित व्यक्तिहरु माथि पर्न गएको असर प्रति दुःख व्यक्त गर्दै क्षमा प्राथी छौं । सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.