यी हुन् दशैं बिदाका लागि पठनीय ५ पुस्तक

  २०७५ असोज ३१ गते २०:५६     विकासन्युज

काठमाडौं । दशैंको बिदामा विभिन्न विदाका पठनीय पुुस्तकहरुको खोजीमा हुनुहुन्छ ? त्यसो भए यी पाँच पुस्तक तपाईको रोजाईमा पर्न सक्छन् । यी त्यस्ता पुस्तक हुन् जो बजारमा आउने बित्तिकै खुबै चर्चामा आउन सफल भएका थिए ।

त्यति मात्रै होइन, यी पुस्तकहरु बजारमा रुचाईएका पठनीय सामग्री पनि हुन् । दशैंको समयमा टिका लगाउन धेरै ठाउँ जानु नपर्ने, जुवा तास र रक्सीमा मन नलगाउनेहरुका लागि यी पाँच पुस्तक उपयोगी हुन सक्छन् ।

निलम कार्की निहारिकाले लेखेको योगमाया पुस्तक सर्वाधिक पठनीय सामग्री हो । एक सय बर्षअघि पूर्वी नेपालमा योगमाया न्यौपाने लगायतले गरेको महिला बिद्रोहलाई समेटिएको पुस्तकले यसपालीको मदन पुरस्कार समेत जितेको थियो । महिला मुक्तिको इतिहास जान्नका लागि यो पुस्तक उपायोगी सामग्री हो ।

समर लभ, सायाँ, मनसुन लगायतका पुस्तक लेखेर युवा पुस्ताको मन जितेका लेखक सुबिन भट्टराईकाले प्रिय सुफी पनि नयाँ पठन सामग्री हो । यसमा केहि मायाका खुराक पाइन्छ भने दुःखबाट मुक्त हुने मोटिभेसनको कथा पनि भेटिन्छ ।

वादी महिलाहरुको कथा समेटिएको सरस्वती प्रतिक्षाद्धारा लिखित उपन्यास नथिया पनि दशैंका लागि उपयुक्त खुराक बन्न सक्छ । त्यस्तै, सर्वाधिक चर्चित प्रधानन्यायधिस सुशिला कार्कीको न्याय पुस्तक पनि अर्काे दमदार पठन सामग्री हो । न्यायमा नेपाली न्यायलयको चिरफार गरिएको छ । न्यायलयमा कसरी राजनीतिक हस्तक्षेप हुन्छ ? कसरी न्यायलयमा विचौलियाहरुले चलखेल गर्छन् भन्ने तथ्य यसमा समेटिएको छ ।

पुर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलको पुस्तक पनि अर्काे पठनीय सामग्री हो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री रहेका बेला २०५४ सालको स्थानीय निकाय निर्वाचन ताका घटेका घट्नाले पुस्तकमा महत्व पाएको छ । त्यस बाहेक प्रहरीभित्र राजनीतिक हस्तक्षेपको कथा पनि यसमा समेटिएको छ । त्यस्तै पत्रकार कृष्ण आचार्यको अप्रिल फुलले पनि पछिल्लो समय बजारमा राम्रै चर्चा पाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.