ज्योति विकास बैंकको ८ प्रतिशत नगद लाभांश पारित, हाम्रोलाई प्राप्ती गर्ने

  २०७५ असोज ३० गते १३:३७     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रस्तावित ८.४० प्रतिशत नगद लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात २१ करोड ८० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । साथै, सभाले बैंकलाई नुवाकोटमा केन्द्रिय कार्यालय रहेको हाम्रो विकास बैैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्ति पश्चात यस विकास बैंकको चुक्तापूँजी ३ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा बैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छ । साथै, १० हजार रुपैयाँभन्दा बढि ऋणी मार्फत १६ अर्ब १० करोड रुपैयाँ ऋण लगानी गर्न कम्पनी सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.