पप्पु कन्ट्रक्सनले पुल नबनाएपछि मध्यपहाडी लोकमार्गले काट्यो पत्र, कात्तिक ५ गतेभित्र उपस्थित हुन निर्देशन

  २०७५ असोज २९ गते १५:१७     विकासन्युज

काठमाडौं । निर्धारित समयमा पुलको काम नसकेपछि विवादस्पद पप्पु कन्ष्ट्रक्सन प्राइभेट लिमिटेड र नेपाल प्रगति जेभीलाई उपस्थित हुन पुष्पलाल मध्यपहाडी लोकमार्ग पुर्वीखण्डले पत्राचार गरेको छ ।

लोकमार्ग आयोजनाले कात्तिक ५ गतेभित्र उपस्थित हुन पप्पुलाई अल्टिमेटम दिएको छ । पप्पु कन्ष्ट्रक्सनका अध्यक्ष संघीय समाजवादी फोरमका साँसद हरिनारायण रौनियार हुन् । सिन्धुली जिल्ला अन्तर्गतको सोखुखोलामा पुल निर्माणका काम नगरेपछि मध्य पहाडी लोकमार्गले उपस्थित हुन पत्र काटेको हो ।

२०६९ पुस २८ गते सक्ने गरी ०६८ असार २९ गते पप्पुसंग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । समयमा सम्पन्न नगरेपछि मध्य पहाडी लोकमार्गले ०७० पुस २६ गतेसम्म म्याद थप गर्दा पनि पुलको काम नगरेको हो ।

पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि पप्पुलाई असोज २१ गते एडजक्सनका लागि जेभीबाट निवेदन पेश भएको थियो । तर लोकमार्ग आयोजनाले औचित्यहिन देखेर उसको प्रस्तावलाई अस्वीकार गरेको छ ।

पप्पुले ठेक्का लिएको कुनै पनि काम सम्पन्न नगरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । यता भौतिक पुर्वाधार, योजना तथा यातायात मन्त्रालयले समेत उसको कामको अध्ययन गरिरहेको छ । पप्पुले दुई दर्जनबढी पुल आयोजनाको काम अलपत्र पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.