नाडेप लघुवित्तकाे सीईओमा उपेन्द्रबहादुर कार्की, मंसिर १ गतेदेखि लागू हुने

  २०७५ असोज २९ गते १३:१८     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो ।

बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी कार्यकारी अधिकृतमा कार्कीलाई नियुक्त गरेको हो । नवनियुक्त कार्कीले आगामी चार वर्षसम्म संस्थाको कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.