नेपाल इन्भेष्टमेण्ट बैंकको विभिन्न ६ स्थानमा नयाँ एटीएम

  २०७५ असोज २८ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटीएम सेवा शुरु गरेको छ ।

काठमाडौंको सितापाइलास्थित बाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडी, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुन्छे एक्सटेन्सन काउन्टर तथा सर्लाहीको बरहथवा शाखामा सेवा थप गरिएको हो ।

स्थानीय जनतालाई छिटो छरितो तरिकाले आर्थिक कारोबार गर्न सजिलो होस् भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको बैंकले जनाएको छ । यीसंगै बैंकको एटिएम संख्या १०७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.