भार्गव विकास बैंकको ५ प्रतिशत बोनस पारित, मोबाईल बैकिङ् सेवा सञ्चालनमा

  २०७५ असोज २८ गते १७:०७     विकासन्युज

नेपालगञ्ज । भार्गव विकास बैंकको प्रस्तावित ५.८४८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले बैंकको ५.५५५६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९२४ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो ।

बोनस सेयर थप गरे पश्चात बैंकको कुल चुक्ता पुँजी र जारी पुँजी ५० करोड १६ लाख रुपैयाँ पुग्नेछ भने अधिकृत पुँजी ६० करोड रुपैयाँ हुनेछ । यस साथै बैंकले उपर्युक्त बैंक तथा वित्तीय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने (मर्जर हुने), प्राप्ती/समाहित हुने (एक्वीजिसन) हेने/गर्ने सन्दर्भमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

बैंकले हाल प्रधान कार्यालय सहित १७ वटा शाखा कार्यालयहरुबाट सम्पूर्ण बैंकिङ सेवाहरु दिँदै आएको छ । साथै, यो आर्थिक वर्ष भित्रमा २५ वटा शाखा कार्यालयहरु पुर्याउने बैंकको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.