५५ र ६५ इन्चका एलजीे टिभीको माग बढ्दो

  २०७५ असोज २८ गते १६:१६     विकासन्युज

काठमाडौं । एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्सको एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग बढ्दै गएको छ । साथै, ४९ र ४३ इन्चको युएचडी टिभीको पनि माग बढिरहेको कम्पनीले जनाएको छ ।

एलजीको युएचडी टिभीहरुमा ४के पिक्चर डिस्प्ले, म्याजिकमोसन रिमोट कन्ट्रोल, २० बाट साउण्ड, फ्रि नेट टिभी र सजिलो अपरेटिङ सिस्टम जस्ता विशेषताहरु रहेका छन् ।

कम्पनीको ६५ इन्चको टिभीको मूल्य २ लाख ६७ हजार ९९० रुपैयाँ, ५५ इन्चको १ लाख ६१ हजार ९९० रुपैयाँ, ४९ इन्चको १ करोड ३७ लाख ९९० रुपैयाँ र ४३ इन्चको ८८ हजार ९९० रुपैयाँ रहेको छ । साथै यी टिभीहरुमा आकर्षक हात खाली नहुने उपहारहरु पनि पाईने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.