भारतमा भन्दा २० रुपैयाँ सस्तोमा इन्धन बेच्दा निगम नाफामा जान्छ- सुशील भट्टराई

  २०७५ असोज २८ गते १३:४८     विकासन्युज

सुशील भट्टराई- कामु कार्यकारी निर्देशक, नेपाल आयल निगम

नेपाल आयल निगमको केमिकल इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेका सुशील भट्टराई हाल निगमका कामु कार्यकारी निर्देशक रहेका छन् । विश्व बजारमा अमेरिकी डलर र कच्चा तेलको मूल्य बढिरहँदा नेपालमा यसको प्रभाव र घाटामा रहेको निगमलाई कसरी नाफामा लाने भन्ने विषयमा केन्द्रीत भई भट्टराईसँग खेमराज श्रेष्ठले गरेको विकास वहस यस अंकमा ।

आयल निगममा काम गर्दै कामु कार्यकारी निर्देशक बन्नु भएको छ । निगममा तपाईको पेशागत यात्रा कस्तो रह्यो ?

मैले मेकाकिल इन्जिनियरिङ पढेको हुँ । सुरुमा म गोर्खा ब्रुअरी कम्पनीमा काम गरिरहेको थिएँ । त्यहाँ मैले अत्यन्तै राम्रो अनुभव लिने अवसर पाए । सो कम्पनीमा ३ वर्ष जागिर खादै गर्दा आफन्त तथा साथी भाइहरुले सरकारी जागिर खानुपर्छ भन्ने सल्लाह दिन थाले । मेरो पनि सोचाँई एउटै कम्पनीम काम गरेर बस्नु हुँदैन भन्ने रहेको थियो । त्यहाँ मैले मासिक १२ हजारको जाँगिर खाएको थिएँ । यसै सिलसिलामा नेपाल आयल निगमले २०५२ सालमा केमिकल इन्जिनियरमा विज्ञापन खुलायो । यसरी काम गरिरहँदा मलाई घर परिवार र आफन्तले मुलधारको जागिर खानु पर्छ भन्ने सुझाव आउन थाल्यो । त्यहाँ मैले नाम निकाल्न सफल भएँ ।

म नाम निकालेको ४/५ दिनसम्म यस्तो दोधार र पश्चातापमा परे कि कुनै निर्णय लिन सकिन । मैले कम्पनीमा १२ हजारको जागिर छोडेर निगमको ४ हजार जागिरमा आइपुगेको थिए । पछि सो कम्पनीमा डेनिस आफैंले सेयर हाल्यो । त्यसपछि झन सो कम्पनीको तलब सेवा सुविधा बढ्यो । आर्थिक रुपले मैले ठूलो अवसर गुमाएको थिएँ ।

मैले भारतबाट इन्जिनियरिङ गरको हुँ । तेतिखेर देशमै केहि हुन्छ भन्ने आस गर्ने ठाउँ त रहेको थियो । तर अहिलेको जस्तो विदेश जाने पनि प्रचलन रहेको थिएन । सुरुमा म निगममा काम गर्दा मलाई केमिकल इन्जिनियरिङ किन चाहियो भनेर भित्रैका कर्मचारीले भने । सुरुमा मलाई पाचौं तहको कर्मचारी बस्ने कोठाको प्लाष्टिक कुर्सिमा राख्यो ।

यसपछि मलाई झन् पिडा भयो । किनकी मलाई वियर कम्पनीमा गाडी र क्वाटरको समेत सुविधा रहेको थियो । यदि मैले राजिनामा नदिएको भए म भोलि पल्टै सो कम्पनीमा पुनः जान्थेँ । तर विस्तारै मैले म आफैंलाई सम्झाउने प्रयास गरे । मलाई गुणस्तर चेकजाँचमा खटायो । मैले काम सुरु गरेको ६ महिनामा ६ वटा पेट्रोल डिपोहरुमा सिल लगाइदिए । किनकी तिनीहरुको मापदण्ड पुगेको थिएन । त्यसपछि मलाई डिपोहरुको विरोधमा सरुवा गरियो ।
मैले बियर कम्पनीमा काम गरेको भए एक व्यक्तिलाई मात्र माथि लैजान सहयोग गर्दथ्यो । तर यहाँ मैले यहाँ काम गरे भने सारा देशले प्रगति गर्न सक्छ भन्ने विश्वास जाग्न थाल्यो ।

त्यसपछि मलाई इम्पोट सेक्सनमा लगेर राखियो जहाँ एक जना मात्र हाकिम रहेको थियो, त्यस ठाउँमा मलाई जिम्मा दिइयो । म केहि समय यहि हराएँ र काममा रमाइलो पनि गरे । तर पनि मलाई उताको जागिरको अझै सम्झना आइरहन्छ । मैले सो कम्पनीमा धेरै राम्रो काम गरेको थियो । प्राइभेटमा कसरी काम गर्ने भन्ने विषयमा कुरा सिकेँ । सुरुमा मैले यहि कम्पनीमा फस्छु कि भन्ने डर थियो सरकारी जागिर भएपछि पढ्न जान पाइन्छ भन्ने कुरा रहेको थियो ।

पहिले केमिकल इन्जिनियरिङ किन चाहियो भन्ने थियो । तर अहिले निगमलाई सबै खाले इन्जिनियरको आवश्यकता रहेको छ । केहि समय म ल्याबमा पनि काम गरे । विस्तारै फिल्डमा काम गर्दै गएँ । यहाँ पनि ठूलो परिवर्तन गर्नु जरुरी रहेको छ भन्ने लाग्यो ।

त्यसपछि मलाई अलि क्षमता देखेर आयात विभागमा जिम्मा दियो । मैले इन्डियामै पढेर आएकोले भाषागत समस्या रहको थिएन । सुरुमा नेपालले भारतलाई कार्गो किनेर बिक्री गथ्र्यो । हामीले डलरमा कार्गो किनेर भारतलाई आइसीमा बिक्री गर्दथ्यौं । यसले नेपाल आयल निगम अन्तर्राष्ट्रिय मुद्रा सन्तुलन गर्ने केन्द्र पनि रहेको थियो । हाल राष्ट्र बैंकले पहिला डलर किन्छ । अनि मात्र भारु किनेर हामीलाई दिन्छ । भारतले पहिले नै नेपालसँग यो सम्झौता गरको थियो ।

सन् १९९२ मा भारतले तेल प्रशोधन गर्ने यन्त्रको क्षमता ६० प्रतिशत मात्रै थियो । ४० प्रतिशत तेल तेस्रो देशबाट आयत गर्ने गर्थ्यो । पछि भारत सरकारले तेल प्रशोधन गर्ने मेसिन भारतमै राख्ने निर्णय गर्यो । त्यतिखेर भारतीय व्यवसायी मुकेश अम्बानीले भारतमा ४० प्रतिशत तेल प्रशोधन गर्ने एउटै मेसिनको स्थापना गर्दियो । योसँगै भारतीय सरकारले कम्पनी र तेल डिपोबीच भारतीय व्यवसायीबाटै किन्ने व्यवस्था मिलायो । मुकेश अम्बानी धनी बन्नुको कारण नै तेल प्रशोधन व्यवसाय हो । यसरी अम्बानीलाई भारत सरकारले रातो कार्पेट ओछ्याएको हो ।

विस्तारै नेपालले कार्गो खरिद गर्न छोड्यो । २००२ सम्म कार्गो निकेर हामीले भरतलाई बिक्री गर्थ्यौँ । त्यतिखेर हामीले मट्टितेल र डिजेलको मात्र कार्गो किन्ने गथ्यौं । यसरी किनिएको कार्गो सस्तो भएको बेलामा धेरै किन्ने र महँगो भएको बेलामा कम किन्ने गर्दथ्यौं । त्यसपछि हामीले भारतसँग नेपाललाई आवश्यक इन्धन किन्थ्यौं । हामीले २००२ बाट कार्गो किन्न छाड्यौ । त्यसपछि भारतले हामीलाई इन्धनको भाउ महँगो बनायो । महिनामा हामी अहिले १६ अर्ब भारतीय आयल निगमलाई तिरिरहेका छौं ।

मैले केहि समय नागरिक उड्ययनमा समेत गएर काम गरे । त्यहाँ रहँदा मैले एयरलाईन्सहरुको बक्यौता बाँकी राख्ने प्रथाको अन्त्य गरे । अहिले सबै एयरलाइन्सहरुले अग्रीम पैसा बुझाएर गरेर मात्र तेल किन्ने गर्दछन् । यो मेरो कालमा गरेको ठूलो उपलब्धी हो ।

मैले गरेको सुधारले अहिले निगमले केहि ध्यान दिनु नै परेको छैन । त्यस बेला ०६२/६३ को आन्दोलनमा मैले सबै ट्याङकर चालकहरुलाई १ ट्याङकर तेल ल्याए बापत ३ हजार रुपैंया भत्ताको समेत व्यवस्था गरेको थिएँ ।

अमेरिकी डलर आकासिने क्रममा रहेको छ, अब यसले नेपाली तेल बजारमा कस्तो असर पार्ला ? तेलको मूल्य बढेर कतिसम्म पुग्ला ?

यो एकदम जल्दो बल्दो विषय हो । विगतमा तेलको मूल्य बढ्दा डलरको भाउ कमजोर र डलर बलियो हुदाँ तेलको भाउ सस्तो हुन जन्थ्यो । तर अहिले उल्टो रोटेसन चलिरहेको छ । डलरको भाउ पनि आकासिने र तेलको भाउ पनि बढ्ने भैरहेकोले नेपालमा तेलको भाउ वृद्धि हुदैं गैरहेको छ । निगमलाई प्राप्त अटोमेटिक मूल्य निर्धारण प्रणालीमा २ प्रतिशत सम्म वृद्धि गर्न पाउने नियम रहेको छ । तर त्यसले पनि निगमको घाटापुर्ति गर्ने अवस्था रहेको छैन ।

प्रक्रियाबाट हामीले २ रुपैंया बढाउछौं तर हाम्रो व्यवसायमा ४ देखि ५ रुपैंयाले घाटा बढिरहेको छ । आजको दिनमा डलर सटही दर १ रुपैंया बढ्यो भने पनि नेपाल आयल निगमलाई १४ करोड घाटा पर्न जान्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरीको डलर अमेरिकामा तानिरहेका छन् । यसको असर विश्व बजारमा डलरको अभाव चुलिदैं गएको छ ।

निगम सधैं घाटामा छ भन्ने कुरा सुनिन्छ, अब नाफामा जान के गर्नु पर्ला ?

हिजोको दिनमा भारतलाई रकम तिर्न बक्यौता बढ्ने र सोहि अनुरुप उसले तेलमा कटौती गर्दै जाने प्रक्रिया बढेपछि अटोमेटिक मूल्य निर्धारण प्रक्रियामा गएको हो । तर यसरी जादा पनि निगमको घाटालाई थेग्न सक्ने स्थिति आएको छैन । बजारमा एउटा हल्ला के छ भने निगमको प्रशासकिय खर्च धेरै भएको कारणले निगम नाफामा जान सकेन भन्ने आरोप रहेको छ । अहिलेको अवस्थामा हामीले निगमको प्रसाशकिय खर्च ६० पैसा प्रतिलिटर तोकिएको छ । तर ५५ पैसाले खर्च धानिरहेको अवस्था छ । निगमले बढी भण्डारण क्षमता बनाउन सकेको खण्डमा बढी तेल आयत गर्ने छ र यसको मूल्य पनि घटेर जानेछ ।

अहिले निगमको घाटा प्रतिलिटर पेट्रोलमा ५ रुपैंया घाटा रहेको छ । प्रसासकिय खर्चले निगम घाटामा नगएको कुरा त यसैबाट पुष्टी हुन्छ । यसरी निगम नाफामा जानको लागि मूल्य बढाउनुको विकल्प रहेको हुदैन ।

नेपालमा भारतको भन्दा इन्धन सस्तो हुनुको कारण के हो ?

भारतको प्रसाशकिय खर्च ६ देखि ८ प्रतिसतसम्म रहेको छ । यसले नेपालको प्रसासकिय खर्च कम भएकै कारण नेपालमा भारत भन्दा सस्तो तेल बिक्री भएको हो । हाल नेपालमा पेट्रोल भारतमा भन्दा २४ रुपैंया सस्तो रहेको छ । पहिले २९ रुपैंया रहेको थियो तर सरकारले तेलमा ७ रुपैंया भन्सार छुट दिएपछि अहिले केहि सस्तो बन्न आएको छ । भारतमा हाम्रो देशभन्दा २० रुपैंयाँ जति बढी कर रहेको छ । भारतमा भन्दा नेपालमा २० रुपैंया सस्तो तेल बेच्दा निगम नाफामा जाने अवस्था रहन्छ । सधैं घाटा खपेर निगमले व्यवसाय सञ्चालन गर्न सक्दैन ।

अहिले नेपालमा रहेको भण्डारण क्षमता कति रहेको छ ? प्रदेश संरचनामा कसरी भण्डारण क्षमता निर्माण गर्ने कुरा भैरहेको छ ?

हामी तेल आयत ठप्पै भयो भने तत्काल तेल बिक्री बिक्री बितरण रोक्छौ । किनभने हामीलाई नाकाबन्दीले ठूलो पाठ सिकाएको छ । यसरी अत्यावश्यक सेवामा आवश्यक पर्ने भएकोे यस्तो क्षेत्रमा प्रयोग गर्नुपर्ने हुन्छ । प्रदेश संरचनामा हामीले प्रदेशको क्षमता अनुसारको ९० दिनलाई पुग्ने गरी भण्डारण क्षमता निर्माण गर्ने कुरा रहेको छ । भण्डारण निर्माण गर्ने विषयमा भारतीय पेट्रोलियम मन्त्रीले समेत आवश्यक सहयोग गर्ने बचन दिनुभएको छ ।

पेट्रोलिय पाइपलाईनमा कति प्रगति भैरहको छ ? यसबाट नेपालको कस्तो किसिमको फाइदा लिन सक्छ ?

पेट्रोलियम पाइपलाइन विस्तार ४ अर्ब ४० करोडको आयोजना हो । जसमा भारतले २ सय करोड भारु वा ३ अर्ब २० करोड अनुदान दिएको छ । यसैगरी नेपाल सरकारले १ अर्ब २० करोड लगानी गरेको छ । अहिले पाइपलाइनको काम सन्तोषजनक रुपमा नै काम भैरहको छ । नेपालमा पाइपलाइन विस्तारको गर्ने आधिकारिक नीति र नियम नहुँदा केहि समस्या देखिरहेको छ । तर हामीले सडक विभागसँगको सहकार्यमा काम अघि बढाइरहेका छौं ।

पेट्रोलियम पाइपलाइनबाट हामीले धेरै फाइदा लिन सक्छौ । किनभने अहिले हामीले ट्याङकरबाट ढुवानी गरिरहेका छौं । यदि यो रेलबाट गर्ने हो भने ६० प्रतिशत सम्म सस्तो पर्न आउँछ । मानौं ट्याङकरबाट हामीले १ सय रुपैयाँ दुवानी खर्च बेहोरी रहेका छौं भने रेलबाट ४० रुपैंया मात्रै पर्ने हो । यसरी पाइपलाइनबाट ढुवानी गर्दा त पुरै खर्च कम भएर जानेछ । यसले हामीलाई अब प्रदेश संरचनामा जादाँ समेत सहज वातावरणको सृजना हुन्छ । हाल १५ प्रतिशत सम्म ढुवानी खर्च लागिरहेको अवस्था हो । यो आयोजना सम्पन्न भएपछि तेलको मूल्यमा समेत कम पर्न जान्छ । तेल ल्याउन तेल बाल्न पर्ने अवस्था आउँदैन ।

कति समय लाग्ला यो आयोजना सम्पन्न हुन ?

नेपाल तर्फको ३६ किलोमिटर मध्ये १८ किलोमिटरमा पाइलाइन बिछ्याइसकेको छ । यो नेपालको महत्वपूर्ण आयोजना हो । यसमा दुबै देशले उच्च महत्व दिएकोले छिटै यो आयोजना सम्पन्न हुनेछ । बाँकी पाइपलाइन बिछ्याउन जंगलको भाग रहेको छ । केहि दिनमै इआइए स्वीकृत भई काम अघि बढ्ने छ । यो क्षेत्रमा पाइप बिछ्याउन ६ महिना जति समय लाग्नेछ ।

ग्याँस पाइपलाइनको पनि कुरा आइरहेको छ, कसरी सम्भव होला ?

भारतीय पेट्रोलियम मन्त्री नेपाल भ्रमणको क्रममा ग्याँस पाइपलाइनको पनि कुरा भएको छ । यो अहिले प्रारम्भिक चरणको छलफल हो । यसमा प्राविधिक रुपमा भारतीय पक्षले अध्ययन गरिदिने सहमति भएको छ । मेरो विचारमा ग्यासँको पाइपलाइन सम्भव छ । किनभने अहिले हामीले मासिक ग्याँस ढुवानी गर्न मासिक २५ करोड रुपैंया तिरिरहेका छौं । यो हिसाबले हामीले वर्षेनी ३ अर्ब रुपैंया बुझाइरहेका छौं । यसरी यो लागत रोक्न पाइपलाइनले ठूलो भूमिका खेल्छ । यो पाइपलाइन चित्तवनसम्म ल्याउन लाग्ने खर्च ५ वर्षमा उठाउन सकिन्छ । यो भनेको राम्रो योजना हो । यसमा भारतले नेपालको सिमानासम्म पाइलाइनको विकास गर्देला । त्यपछि नेपाली खर्चमा आयोजना सम्पन्न गर्नु पर्नेछ । तर नेपालमा विद्युतको उत्पादन दिनदिनै बढिरहेको अवस्थामा ग्याँसको उपयोग घट्ने हो कि भन्ने विचार पनि रहेको छ । यदि ग्याँस पाइप पनि ल्याउन सकिएको खण्डमा यसले निकट भविष्यमा ठूलो उपलब्धी प्रदान गर्नेछ ।

सुन जस्तै दैनिक इन्धनको पनि मूल्य निर्धारण गर्न के गर्नुपर्ला ?

अटोमेटिक मूल्य निर्धारण गर्ने प्रणालीलाई हामीले पनि लागू गर्ने प्रयास गरिरहेका छौं । अहिले हुने मूल्य समायोजनलाई आम मानिसले स्वीकार गरिसकेको अवस्था रहेको छ । अब यस्तो प्रणालीमा जान तत्काल हाम्रो स्रोत साधनको अभाव रहेको छ । ई मूल्य निर्धारणका लागि सबै डिपोहरुसँग इन्टरनेट सरवोरको सुविधा पुगेको हुनुपर्छ । तर यो तत्काल सुरु गर्न सकिने अवस्था छैन । केहि समयपछि यो शुरु भएरै छाड्छ ।

दशैंमा इन्धन आपूर्तिको व्यवस्था कसरी गर्नुभएको छ ?

हामीले सबै डिपोहरुमा मौजाद राखिसकेका छौं । २४ घण्टा इन्धन वितरणका लागि व्यवस्था समेत मिलाइएको छ । तेल आयत गर्ने ट्याङकरको पनि व्यवस्था गरिएको छ । हामीले चाडपर्वको समयमा २४ सै घण्टा इन्धन उपलब्ध गराउने तयारी गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.